उपेन्द्रले लिए देउवासँग बदला, मधेश प्रदेश सरकारबाट कांग्रेसका मन्त्री बर्खास्त

संघीय सरकारबाट आफ्ना मन्त्री हटाईएपछि  जनता समाजवादी पार्टीले त्यसको बदला लिएको छ । जसपाले आफ्नो नेतृत्वको सरकार रहेको मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेको हो  ।मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारमा नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने ३ जना मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् । उनले कांग्रेसबाट मधेश प्रदेश सरकारमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई बर्खास्त गरेका हुन्। अब यी ३ वटै मन्त्रालय मुख्यमन्त्री स्वयंले नै सम्हाल्ने छन् ।प्रधानमन्त्री शेरबहादुर देउवाले   बिहिबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेपछि उनले मधेश प्रदेश सरकारबाट कांग्रेसका मन्त्री बर्खास्त गरेर बदला लिएका हुन्। सत्ता गठबन्धन छोडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवाले  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवलाई बर्खास्त गरेका थिए ।यसको बदला स्वरुप जसपाले मधेश प्रदेश सरकारमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (एस) पार्टीका सबै मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेको थियो । तर मुख्यमन्त्री राउतले काँग्रेसका मात्र मन्त्री बर्खास्त गरेर  अन्य दलका मन्त्रीलाई भने हाल कायम नै राखेका छन्।  हाल मधेश प्रदेशमा जसपा नेता लाल बाबु राउत मुख्यमन्त्री छन् । केन्द्र सरकारले आफ्ना मन्त्रीलाई हटाएपछि उनले पनि आफ्नो मन्त्रिपरिषदबाट कांग्रेसका मन्त्री हटाएका हुन् । 

सम्बन्धित सामग्री

वार्षिक करोडौँ राजस्व गुमाउँदै मधेश प्रदेश सरकार

संविधानमा प्रदेश सरकारले आफ्नो आन्तरिक आय गर्न सक्ने कानुनी आधार निर्क्योल गरे पनि सोअनुसार अगाडि बढ्न नसक्दा मधेश प्रदेश सरकारले क्षमताअनुसारको राजस्व संकलन गर्न नसकेको हो ।

आजपाको मधेश प्रदेश कमिटी पुनर्गठन

कलैया । आम जनता पार्टी (आजपा) मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । उमेश कुशवाहाको अध्यक्षतामा १८५ सदस्यीय मधेश प्रदेश कमिटी पुनर्गठन गरिएको छ । आजपाको मधेश प्रदेश अध्यक्षमा कुशवाहा आजपाका मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहाका अनुसार इन्चार्जमा सुधिर यादव , सहइन्चार्जमा श्रीचन मुखिया, उपाध्यक्षहरुमा बबिता यादव, विजय साह, सचिवमा ममता शर्मा, सह सचिवमा कामेश्वर […] The post आजपाको मधेश प्रदेश कमिटी पुनर्गठन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मधेश प्रदेश सभाको एक वर्षको काम बजेट पास

मधेश प्रदेश सभाको दोस्रो कार्यकालको एक वर्ष आज पूरा भएको छ । यो अवधिमा उसले गरेको प्रमुख काम हो, बजेट पास ।

प्रधानमन्त्री कप : एक खेल अगावै मधेश प्रदेश सेमिफाइनलमा

एक खेल अगावै मधेश प्रदेश प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। राजेश यादवले अन्तिम ओभरको दोस्रो बलमा रिजन ढकाललाई १ रनमा आउट गरेसँगै खेल बराबरीमा सकिएको छ।...

काँग्रेसका मधेश प्रदेश सह–महामन्त्री यादवद्वारा राजीनामा

नेपाली काँग्रेस मधेश प्रदेश कार्यसमितिका सह–महामन्त्री जयनारायण यादवले पदबाट राजीनामा दिएका छन्।...

मधेश प्रदेश नामकरणमा प्रचण्डले दिए बधाई, आफ्नै पार्टीको एजेन्डाअनुसार भएको दाबी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मधेश प्रदेश नामकरण गरेकोमा उक्त प्रदेशका सांसद तथा सम्पूर्ण बासिन्दालाई बधाई दिएका छन् । सामाजिक सञ्जालमा एक बधाई सन्देश लेख्दै प्रचण्डले आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै मधेश प्रदेश नामकरण भएको उल्लेख गरेका छन् । 'हार्दिक बधाई ! हाम्रो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं.२ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश प्रदेश र प्रदेश मुकाम/राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा प्रदेश सभाक...

मधेश प्रदेश नामप्रति असन्तुष्टि जनाउँदै जनकपुरमा जलाइयो सांसदहरूको पुत्ला

मधेश प्रदेश नामकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरूले प्रदेश सांसदहरूको पुत्ला जलाएका छन् ।  २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरूले त्यसको विरोधमा मंगलवार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरूको पुत्ला दोहन गरेका हुनु । आठ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले त्यसको विरोधमा प्रदर्शन गर्नुपरेको युवा सुशील कर्णले बताए । उनले २२ जिल्लालाई मधेश प्रदेश बनाउनुपर्ने मागसहित मधेश आन्दोलन भएको उल्लेख गर्दै ८ जिल्लालाई मात्रै सम...

‘मधेश प्रदेश’ नामाकरणमा असहमति, जनकपुरमा पुत्ला दहन

काठमाडौं, माघ ४ । मधेश प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन । २२ जिल्लालाई समेटेर मात्रै मधेश प्रदेश बनाउनुपर्नेमा अन्यथा भएको भन्दै उनीहरुले त्यसको विरोधमा मंगलबार बिहानै जनकपुरको जानकी चोकमा प्रदेश सांसदहरुको पुत्ला दोहन गरेका हुन । ८ जिल्लाको मिथिला र भोजपुराको पहिचानलाई समाप्त हुने गरी मधेश प्रदेश बनाएकाले […]