काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गठबन्धन पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई बर्खास्त गरेका छन्। जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि उनले प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरुलाई पदमुक्त गरेका हुन्।
राउतले भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादव, खानेपानी तथा उर्जा विकास मन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका…