डेढ साता काठमाडौं उपत्यकामा आवागमन कडाई गरिँदै

काठमाडौं । काठमाडौं उपत्यकामा डेढ साता आवागमनमा कडाई गरिने भएको छ । मध्यान्ह उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले त्यसबारे औपचारिक निर्णय गर्नेछन् ।प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्शपछि डेढ साता काठमाडौंमा कडाई गर्नेबारे छलफल अगाडि बढाएका हुन् । ‘निषेधाज्ञा लगाउने वा अन्य बिधिबाट आवागमन सिमित गर्ने भन्नेबारे हामी छलफल गर्छौ’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीसँग भने–‘सामान्य छलफल भएको छ, हामी संयुक्त बैठक बसेर निर