त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनको आयात बढेपछि चाँजपासमा कडाई गरिएको छ । विदेशबाट नेपाल फर्किने नेपालीले अवैधरुपमा सुन ल्याउनेक्रम बढेपछि सोमबारदेखि जाँचपासमा कडाई गरिएको हो । भन्सार विभागले त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा कर्मचारी नै थपेर जाँचपासमा कडाई गर्न थालेको छ ।‘विदेशबाट फर्कने नेपालीले सुन ल्याउने क्रम बढेपछि हामीले जाँच पासमा कडाई गरेका हौं । अहिले विभागले जाँचपास गर्ने कर्मचारीको संख्या बढाएको छ,’ विभागका निर्देशक पुन्यबिक्रम खड्काले भने । उनले कानूनी