उदयपुरमा कोभिडः चौदण्डीगढीमा निषेधाज्ञा थप कडाई

अन्य ठाउँमा कोभिड संक्रमण घट्दै जाँदा चौदण्डीगढीमा बढ्दै गएपछि जारी निषेधाज्ञालाई कडाई गरिएको छ। केहीदिनयता नगरपालिकाका विभिन्न वडाका वस्तीतर्फ संक्रमण बढ्दै गएको पाइएपछि निषेधाज्ञा कडाई गरिएको हो।...

सम्बन्धित सामग्री

संक्रमण बढेपछि बागलुङमा फेरि निषेधाज्ञा

बागलुङ– कारोना संक्रमण दर दिनानुदिन बढ्दै जान थालेपछि बागलुङमा जारी निषेधाज्ञालाई थप कडाई गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसीएमसी)को मंगलबार बसेको बैठकले साउन २८ गतेदेखि भदौ ५ गतेसम्म कडाएका साथ निषेधाज्ञा गर्ने निर्णय गरेको हो । बैठकले साउन २८ गते बिहान ५ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म जिल्लाभर निषेधाज्ञा थप […]

काठामाडौं उपत्यकामा आजबाट निषेधाज्ञामा थप कडाई

काठमाडौं।काठमाडौं उपत्यकामा निषेधाज्ञा थप कडा बनाइएको छ।अर्को सूचना प्रकाशित नहुन्जेलसम्म हरेक दिन साँझ ८ बजे देखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाका बाहेक अन्य सवारी साधन चलाउन पाइने छैन।“ अत्यावश्यक सेवा,ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नु पर्नेछ”,काठमाडौं जिल्ला प्रशासन कार्यालयको विज्ञप्तिमा उल्लेख छ।

कडाई गर्दै चितवनमा साउन ३२ गतेसम्म लम्ब्याइयो निषेधाज्ञा

साउन २४, चितवन । चितवनमा अघिल्लो पटक गरिएको निषेधाज्ञाभन्दा आइतवार राति १२ बजे पछिदेखि गरिने निषेधाज्ञालाई कडा पारिएको छ ।  चितवनमा दैनिकजसो संक्रमितको संख्या बढेपछि जिल्ला प्रशासन कार्यालयद्वारा आइतवार जारी आदेश अनुसार साउन ३२ गतेसम्म निषेधाज्ञा थप गरिएको हो  ।  सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टाराईले जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि थप जोखिम र त्रास बढेकोले निषेधाज्ञा केही कडा पारिएको जानकारी दिए । जारी निषेधाज्ञा आइतवार राति १२ बजे सकिदैछ ।  पछिल्लो समय निषेधाज्ञा खुकुलो गर्दै लगिएकोमा थप संक्रमित पनि बढ्दै गएपछि सिसिएमसी (कोभिड १९ संकट व्यवस्थापन केन्द्र) चितवनको सुझाव र सिफारीस अनुसार कडा पार्नु परेको उनको भनाइ छ  । उनका अनुसार पछिल्लो समयमा प्रायः स्थानमा मानिसहरुले स्वास्थ्य मापदण्डमा लापरवाही तथा वेवास्ता गर्दै गएको पाईएकोले यसलाई न्यूनीकरण गर्दै निषेधाज्ञामा थप कडाई गरिएको हो । ‘तेस्रो भेरियण्टको जोखिम पनि बढ्यो । संक्रमण र मृत्युदर पनि घटेन, भट्टराईले भने  संक्रमणदर घटेन भने अब थपिने निषेधाज्ञा थप कडा हुन सक्छ ।’ पछिल्लो समय मानिसहरुको गतिविधि र भीड बढ्दै गएकोले भोलिदेखि जारी हुने निशेधाज्ञामा अनुगमन र नियमन पनि गरिने भटट्राइको भनाइ छ ।  सरकारबाट मास्क अभियान तथा स्वास्थ्य सचेतनालाई तीव्र पार्दै लगिने निर्देशन अनुसार पनि कडा गरिएको उनले बताए । प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश अनुसार थप गरिएको निषेधाज्ञामा अत्यावश्यक दैनिक खाद्य वस्तु विक्री तथा खरीदमा दैनिक निश्चित तालिका र समय निर्धारण गरिएको छ ।  यसअघि हप्ताको सातै दिन पूर्ण समय खोल्न पाईने आदेश थियो । जारी आदेश अनुसार अन्य उपभोग्य वस्तुका पसलहरु अब आइतवार मंगलवार र बिहीवार मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म खोल्न पाइने छ ।  यस्तै कृषिजन्य वस्तु, पशुचौपायका आहारा र दूध डेरी खुल्ने समयलाई पनि केही कडा पार्दै निश्चित समय निर्धारण गरिएको छ । यस्ता विक्री केन्द्र तथा पसलको हकमा बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खोल्न पाइने आदेशमा उल्लेख छ ।  यस्तै रेष्टुरेण्ट, खाजा पसल र मिठाई पसलको हकमा दैनिक मध्यान्ह १२ बजेदेखि ६ बजेसम्म खोल्न पाईने र अत्यावश्यक सवारी साधन बाहेक निजी तथा सार्वजनिक साधनको हकमा जोर विजोर प्रणाली लागू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए ।  अन्य बैंक, वित्तिय संस्था तथा सरकारी कार्यालयको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न पाईने जारी आदेशमा जनाइएको छ । आदेशको उल्लंघन गरेको पाईएमा प्रचलित कानून अनुसार कारबाही गरिने समेत आदेशमा उल्लेख छ ।

संखुवासभामा ११ दिन निषेधाज्ञा थपियो

संखुवासभा, साउन १३ । संखुवासभा जिल्ला प्रशासनले कोरोना संक्रमण जोखिम कायमै रहेको भन्दै ११ दिन निषेधाज्ञा थप गरेको छ । जिल्लामा कोरोना सक्रमितको संख्यामा कमि नआएपछि निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय पनि गरिएको छ । जिल्ला कोभिड ब्यवस्थापन समितिको बैठकले समुदाय स्रतमा पुगेको कोरोना संक्रमण नियन्त्रण नभएसम्म निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय गरेको संखुुवासभाका प्रमुख […]

कोरोना संक्रमण नियन्त्रण गर्न निषेधाज्ञा थप कडाई गर्नुपर्ने विज्ञको सुझाब

न्युज अफ नेपाल ,काठमाडौं । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि कोरोना नियन्त्रण गर्न निषेधाज्ञामा थप कडाए गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन्  । कोरोना संक्रमण रोकथामा नियन्त्रणका लागि हालसम्म ७४ जिल्लामा निषेधाज्ञा जारी गरिसकिएको छ ।निषेधाज्ञा जारी गर्न बाँकी जिल्लामा मनाङ, तेह्रथुम र खोटाङ छन् । दोस्रो लहर सुरुभएसँगै पहिलो पटक गत वैशाख ७ […]

मोरङमा जेठ ११ सम्मका लागि निषेधाज्ञा थपियो

विराटनगर : मोरङमा १० दिनका लागि निषेधाज्ञा थपिएको छ। निषेधाज्ञालाई थप कडाई गर्दै कोरोना संक्रमणको चेन ब्रेकका लागि आगामी जेठ ११ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो।कोरोना महामारीका कारण संक्रमण र मृत्युदर बढ्दो अवस्थामा रहेको भन्दै थप कडाई गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ।बैंक तथा वित्तिय संस्थाहरुले सिमित सेवा मात्रै प्रदान गर्ने बैठकको निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता शरद कुमार पोखरेलले जानकारी दिए ।नेपाल राष्ट्र बैंकको क्षेत्रीय कार्यालय व

मोरङमा दश दिन थपियो निषेधाज्ञा

विराटनगर । मोरङ जिल्लामा निषेधाज्ञा दश दिन थपिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार जेठ २ गतेबाट लागू हुनेगरी दश दिन निषेधाज्ञा थप गरिएको हो । जेठ ११ गतेसम्म रहने निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय भएको उनले बताए । निषेधाज्ञा अवधिमा सरकारले सञ्चालन गरेका बाहेक निजी क्षेत्रले सञ्चालन गरेको भौतिक निर्...

काठमान्डाैंमा निषेधाज्ञा थप कडा पारिँदै

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा एक सातादेखि जारी निषेधाज्ञालाई थप कडा पार्न नयाँ नियम जारी गरिएको छ । काठमाडौं उउपत्यकाका ३ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले निषेधाज्ञाको समय एक साता थप गर्दै थप कडाई गर्ने निर्णय गरेको हो । जस अनुसार वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा... The post काठमान्डाैंमा निषेधाज्ञा थप कडा पारिँदै appeared first on Purbeli News.

आजदेखि निषेधाज्ञामा थप कडाइ गरिने

आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप कडाई गरिने भएको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गर्न लागिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसका लागि ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय गरिने उनको भनाइ छ ।शनिवार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।बैंक तथा वित्तीय संस्था, सरकारी