काठमाडौं, २९ वैशाख। संघीय सरकारले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो ९ महिनामा ९ खर्ब ४३ अर्ब ५ करोड रुपैयाँ खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार उक्त अवधिमा चालु खर्च ७ खर्ब ६ अर्ब ७७ करोड रुपैयाँ, पुँजीगत खर्च १ खर्ब ७ अर्ब २४ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च तर्फ १ खर्ब २९ अर्ब ४करोड रुपैयाँ रहेको छ।