दुई सातादेखि सिमकोट–खार्पु सडक अवरुद्ध

हुम्ला- दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट–खार्पु सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले १ कात्तिकमा सडक खण्डको ठाउँ ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा सिमकोट–खार्पु खण्डमा चल्दै आएका साना जीप र अन्य सवारी साधन बन्द भएका छन् । सडक अवरुद्ध भएसँगै स्थानीयलाई आवतजावतमा समस्या भएको चंखेली […]

सम्बन्धित सामग्री

ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्ति कठिन

म्याग्दी : चाड पर्वको समय छ। खेतबारीमा लगाएको धान र कोदो बल्ल पसाउँदै छ।चाडपर्वमा खाद्यान्नलगायत आवश्यक सामग्रीको जोहो गर्न ग्रामीण भेगका बासिन्दा लागेका छन् तर असार दोस्रो सातादेखि बन्द भएका म्याग्दीका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन्।बाढी, पहिरो र कटानले अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा सामान ढुवानी गर्न समस्या भएको छ। सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या परेको छ।पश्चिम म्याग्दीको मालिका, मंगला र बेनी नगरपालिकाभित्रैका दर्जनौँ गाउँबस्तीसम्म पुग्ने स

ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या

–डम्मर बुढा मगर/रासस ढोरपाटन (बागलुङ), २२ भदौ । असार दोस्रो सातादेखि बन्द भएका बागलुङका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन् । बाढी, पहिरो र खहरेखोलाका कारण अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा बजारदेखि सामान ढुवानी गर्न समस्या भएको छ । सडक पूर्ण रुपमा अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या परेको छ । जिल्लाको निसीखोला, तमानखोला, बडिगाड र […]

डोटीका ग्रामीण सडक अवरुद्ध

दिपायल, २४ असार । असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्था पुगेको छ । पछिल्लो समय गाउँगाउँमा ग्रामीण सडक सञ्जाल जोडे पनि मापदण्डअनुरुप सडक नबन्दा ग्रामीण भेगका नागरिक बर्सेनि […]

दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा, १३ असोज । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन । राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसैँ अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । […]

दुई सातादेखि थुप्रिएको बेँसीशहरको फोहोर उठाउन थाल्यो

निरन्तरको वर्षासँगै पहिरोले सडक अवरुद्ध हुँदा दुई सातादेखि बेँसीशहर बजारको सडक र घरको आँगनमा थुप्रिएको फोहोर उठाउन थालिएको छ । बेँसीशहर नगरपालिकाको ल्याण्ड फिल्ड जाने बाटोमा पहिरो गएपछि दुई सातादेखि बेँसीशहर...

हिमपातका कारण तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

यहाँ विगत तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक पुनः सञ्चालन भएको हो । पटक–पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समय सडक अवरुद्ध हुनपुगेको हो ।एक साता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सञ्चालन भएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिए । गाउँपालिकाको इन्धन सहयोगमा उक्त खण्डमा काम गरिरहेको सिद्धि शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अध्यक्ष बुढ

तीन सातादेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

विगत तीन सातादेखि अवरुद्ध रुकुमपूर्वको मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएको छ । लोकमार्गको लुकुम–पातीहाल्ना खण्डमा जमेको हिउँ पन्छाएपछि सडक पुनः सञ्चालन भएको हो । पटक–पटक हिउँ पर्दा पन्छाउँदै यातायात सञ्चालन गर्दै आए पनि पछिल्लो समयमा भने लामो समय सडक अवरुद्ध हुनपुगेको हो । एक साता लगाएर हिउँ पन्छाएपछि अहिले सडक सञ्चालन भएको भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले जानकारी दिए । गाउँपालिकाको इन्धन सहयोगमा उक्त खण्डमा काम गरिरहेको सिद्धी शाही निर्माण कम्पनीले सडकमा जमेको हिउँ पन्छाएको अध्यक्ष बुढाले बताए...

दुई सातादेखि अवरुद्ध सिमकोट - खार्पु सडक खुलेन

दुई सातादेखि अवरुद्ध कर्णाली करिडोरको सिमकोट– खार्पु सडकखण्ड सञ्चालनमा आउन सकेको छैन । अविरल वर्षाले ठाउँठाउँमा पहिरो जाँदा सडक दुई सातादेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध  हुँदा  सिमकोट–खार्पु खण्डमा साना...

एकै ठाउँमा छ पटक भत्कियो सडक : एक सातादेखि सदरमुकाममा यातायात सेवा ठप्प

जाजरकोट-डोल्पा सडकखण्डको सदरमुकाम खलंगामा एक सातादेखि सडक अवरुद्ध भएको छ । वर्षायाम सुरु भएसँगै वर्षेनी भत्किने सडकले हप्ता दिनदेखि समस्या बनाएको छ । वर्षेनी मर्मत गरिए पनि दिगो र भरपर्दो निर्माण...

जुम्ला–जाजरकोट सडक एक सातादेखि अवरुद्ध

लगातारको भारी वर्षाले पहिरो आएपछि कर्णाली राजमार्गबाट जुम्ला हुँदै जाजरकोट जोड्ने सडकको त्रिवेणी भेरीखोला क्षेत्रको टोप्ला खण्ड एक सातादेखि अवरुद्ध भएको छ । जुम्ला–जाजरकोट सडकको त्रिवेणी हुँदै टोप्ला सडक खण्डअन्तर्गतको तातोपानी गाउँपालिका–७ सर्मीको चप्लटे, स्यालाओडार र खिरपालेमा पहिरो खसेपछि सडक एक सातादेखि अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा टोप्ला क्षेत्रका दर्जनौ गाउँबस्तीका नागरिकको जनजीवन […]