५ हजार आम्दानी नहुने नेताको लाखौं खर्च र आम्दानीको अदृश्य श्रोत

– अस्मिता खड्का केहीदिन अगाडि नेकपा एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । सरकारमा भएको पार्टी, त्यसमाथि आन्तरिक कलहमा रुमलिएकाहरुको बैठकका बारेमा आम मानिसदेखि नेता कार्यकर्ता र मिडियाको चासो हुनु स्वभाविक थियो । नेताहरुलेमात्र होइन, बैठकस्थल बाहिर कम्पाउण्डमा लाम लगाईएका एक से एक ब्राण्डका गाडीहरुले पनि उत्तिकै ध्यान खिच्यो । ध्यान खिच्नुको मुख्यकारण आयश्रोत […]

सम्बन्धित सामग्री

विश्वकप: फिफाको सर्वाधिक कमाइ हुने प्रतियोगिता, कति कमाउँछ?

विश्व फुटबलको महाकुम्भ, विश्वकप भोलि अर्थात् आइतवारदेखि औपचारिक रूपमा शुरु हुँदै छ। विश्वकप शुरु हुनै लाग्दा फिफाले विश्वकपलाई सबैभन्दा ठूलो आम्दानीको स्रोतका रूपमा प्रयोग गर्छ।विश्वकपबाट फिफाले कति कमाउला त? यसको सहज जवाफ भनेको धेरै कमाउँछ। अर्थात् आयोजक कतारले भन्दा बढी फिफाले आम्दानी गर्नेछ।प्रतियोगितामा फिफाको सबैभन्दा बढी खर्च हुने भनेको पुरस्कार राशिमा हो। विश्वकपको कुल पुरस्कार राशि ४४ करोड डलर रहेको छ। तीमध्ये विश्वविजेता टिमले ४ करोड २० लाख डलर प्राप्त गर्नेछ।विश्वकपका लागि जति पनि टोली

दसैँ बिदाअघिको सरकारी खर्च २ खर्ब ३८ अर्ब

काठमाडौं । सरकारले दसैँ बिदा हुनुअघि (फूलपातीको अघिल्लो दिनसम्म) २ खर्ब ३८ अर्ब ६७ करोड ८८ लाख रूपैयाँ खर्च गरेको छ । यो सरकारले छुट्याएको कुल बजेटको १३.२१ प्रतिशत हो । यो खर्च आम्दानीभन्दा बढी हो । यो अवधिमा सरकारको आम्दानी भने १ खर्ब ९२ अर्ब छ । पछिल्लो समय सरकारको आम्दानीको स्रोतमध्येको राजस्व संकलनमा […]

सरकारको हिसाब : १११ अर्बको आम्दानी, ४३ अर्ब खर्च

चालु आर्थिक वर्षको भदौ १२ गतेसम्ममा सरकारको खर्चभन्दा आम्दानी बढी देखिएको छ । चालु आर्थिक वर्षको सुरुमा सरकारको खर्च कम हुने तर राजस्व भने उठिरहने भएकोले सरकारको आम्दानीको तुलनामा खर्च कम देखिएको हो ।सरकारको आम्दानी र खर्चको हिसाव राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार सो अवधिसम्ममा १११ अर्ब रुपैयाँ आम्दानी भएको छ भने ४३ अर्ब रुपैयाँ मात्र खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ भने १७ खर्ब ९३ अर्ब रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ

महोत्सवको ४० प्रतिशत आम्दानी सामाजिक क्षेत्रमा

गुल्मी– गुल्मीमा हुन लागेको चौथो गुल्मी महोत्सवबाट आम्दानीमध्ये ४० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गरिने भएको छ । यही चैत २५ गतेदेखि ४ वैशाख २०७९ सम्म हुने चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला–२०७८ बाट कूल आम्दानीको ४० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गरिने उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरी प्रसाद पौडेलले बताए […]

लगानी सीमित आम्दानी असीमित

जबसम्म मानिस आर्थिक रूपमा सम्पन्न हुँदैन तबसम्म खुशी हुन निकै कठिन छ । अन्य सबै दुःखलाई मानिसले दीर्घकालमा बिर्सन सक्छ तर आर्थिक विपन्नताको पीडाले कहिल्यै पनि मुक्ति दिँदैन । हाम्रो भोक, कुपोषण, रोग र उपचार खर्चको अभाव, थोत्रा कपडा र चुहिन लागेको घरको छानोसँग जताततै गरीबी तथा अभावरूपी पीडा स्मरणीय बनेर रहेको हुन्छ, पैसाको अभाव । हामीले आफन्त गुमाएको पीडा, कुनै भौतिक सम्पत्ति गुमाएको पीडा तत्कालका लागि ज्यादै तीव्र भए तापनि केही समयपछि यसलाई भुल्ने नै छौं तर पैसा अभावको छटपटी जतिबेला पनि हाम्रो वरिपरि घुमिरहेको हुन्छ । यस कुरालाई आत्मसात गरेर हाम्रा बच्चालाई अप्रत्यक्ष रूपमा कमाउने विषयमा जानकारी प्रदान गराऊ र सिकाऊ पैसा महत्त्वपूर्ण र अति आवश्यक छ । पैसा र सफलता दुवैलाई समानान्तर रूपमा अगाडि बढाउन जरुरी छ । मानिसले जीवनमा ठूलो सफलता पाउने प्रयास गर्नुपर्छ । कहिले काहीँ पैसाको अभावले गर्दा सानो सफलतामै मख्ख परेर बस्ने अवस्था आउन सक्छ । सानो जागीर सानो आम्दानीले मानिस अदम्य लक्ष्यमा पुग्ने बाटो रोकिएका उदाहरण पनि देखिएका छन् । पैसाको अभाव नहोस् भन्ने चाहना राख्ने मानिसले लगानी गर्ने आदत बनाउनुपर्छ । लगानी यस्तो चिज हो जहाँ नोक्सान यत्ति हुन्छ भन्ने अनुमान गर्न सकिन्छ तर आम्दानी कति हुन्छ भन्ने अनुमान गर्न सकिँदैन । कसैले १ लाख खर्च गरेर चिया पसल खोल्छ भने पूरै घाटा लाग्दाको दिन १ लाख डुब्छ तर एउटा कटिबद्ध र मेहनती चिया पसलले कति कमाउँछ भन्ने अनुमान नै गर्न सकिँदैन । लगानी गर्दा एकैचोटि करोडौं नाफा गर्छु भन्ने महत्त्वाकांक्षा नराख्ने हो भने आम्दानीको पृष्ठभूमि तयार हुँदै जान्छ भेन्चरमा फलहरू फल्दै जान्छन् । कमाउन गुणस्तरमा ध्यान दिन जरुरी छ । यदि एक पटक आएको ग्राहकलाई यो वस्तु, सेवा तथा गुणस्तर राम्रो छ भन्ने लागेमा ऊ पटकपटक आउन थाल्छ । त्यसैले युवामा लगानीसम्बन्धी सोच जागृत हुन जरुरी छ । लगानीका लागि पछिल्लो दिनमा शेयरबजार राम्रो विकल्पको रूपमा देखिएको छ । कम्पनीहरूको प्रतिशेयर आम्दानी (ईपीएस), यसको सम्पत्ति तथा दायित्वको संरचना, रिटर्न अन इक्विटी, नेटवर्थ आदि हेरेर लगानी गर्दै जाने हो भने दीर्घकालमा पूरै नोक्सान हुने सम्भावना निकै कम छ । अब कमोडिटी बजार, इन्ट्राडे लगानी, फ्युचर एन्ड अप्शन (एफएओ) जस्ता फरक लगानीका अवसर शेयरबजारमा उपलब्ध छन् । यी सबै क्षेत्रमा लगानी गर्नुपर्छ भन्ने भावना जागृत भएमा विस्तारै आर्थिक समस्याबाट मुक्त हुने उपाय प्राप्त हुँदै जान्छ । लगानीमा जोखिम छ, सीमित छ तर आम्दानी असीमित छ । यो सत्य बच्चाहरूलाई बुझाउन सक्नुपर्छ । जोखिम व्यवसायको अभिन्न सम्भावना हो । तर, यो हिसाब गर्न सकिने किसिमको हुन्छ । नाफा हुने दिन आएमा १ हजार मात्र लगानी गरेर पनि अर्बपति भएका उदाहरण पनि छन् । यसैले लगानी गर्न लजाउनु पर्दैन र डराउनु पर्दैन । असफलता यदि कतै छ भने लगानीमा होइन, लगानीकर्तामा छ । लगानी गर्दा आँखा चिम्लेर गर्ने अनि त्यसपछि कुनै योजना र रणनीति नबनाउने र सरकारले झैं काम गर्ने कर्मचारी मात्र थप्ने हो भने पक्कै व्यवसाय घाटामा जान्छ । त्यसैले लगानी सम्भावना भएको ठाउँमा गर्नुपर्छ, ग्राहकको आवश्यकता सम्बोधन गर्ने वस्तु तथा सेवामा गर्नुपर्छ र त्यसमा प्रतिबद्ध भएर लाग्नुपर्छ, धैर्य हुन सिक्नुपर्छ, प्रविधिको तह र स्तरमा सचेत भइरहनुपर्छ । घाटा हुँदैन । अहिले आएर व्यवसायीभन्दा उद्यमीहरू अगाडि गएका छन् । व्यवसाय र उद्यम एउटै जस्तो शब्द बुझिए तापनि यी २ मा केही आधारभूत अन्तर छ । व्यवसाय भनेको अलिकति परम्परागत विषयवस्तुलाई पुरानै तरीकाले अनुकरण गर्ने कामलाई बुझिन्छ । यसमा अनुभव बढी हाबी हुन्छ तर उद्यमशीलतामा पहिलाको भन्दा केही नयाँ सोचका साथ लगानी गरिन्छ । यसको प्रविधि, डिजाइन, गुणस्तर, प्रयोग गर्ने तरीका, स्वाद रूपमा कतै न कतै नयाँपन हुन्छ । सबैभन्दा महŒवपूर्ण कुरा उद्यमीहरू स्केलेबल हुन्छन् उनीहरूले ग्राहकको रुचिका बारेमा सर्वेक्षण गरेका हुन्छन्, प्रविधि विगतको भन्दा नितान्त आधुनिक हुन्छ । उद्यमीले व्यवसायिक योजना बनाएर काम शुरू गरेको हुन्छ र रणनीतिमा कहिलेसम्म कति उत्पादन गरेर विक्री गर्नुपर्ने भन्ने सम्पूर्ण वित्तीय रूपरेखा तयार पारिएको हुन्छ । उद्यमीहरू प्रतिस्पर्धालाई ध्वस्त पार्ने रणनीतिका साथ आएका हुन्छन् । उनीहरूले हरेक अनिश्चिताको सामना गर्ने तयारी गीरसकेका हुन्छन् । उद्यमी हुन सके राम्रो, त्यो नभए व्यवसायी नै बन्ने हो त्यो पनि समय छैन भने आप्mनो जे जति बचत छ त्यसलाई शेयरबजारमा लगाउनुपर्छ । पैसा भनेको बीउ हो यसलाई माटो दिनैपर्छ त्यो नै लगानी हो । यसलाई आफै संरक्षण संवर्धन र गोडमेल गर्ने पनि लगानी हुन्छ । तर, एकपटक रोपेपछि आनन्दले सुते पनि पैसा आउने लगानी शेयरबजार हो । २२३ ओटा सूचीकृत कम्पनीमध्ये सबै कम्पनीले कुनै न कुनै समयमा लगानीकर्तालाई आम्दानी दिएकै छन् १/२ प्रतिशत कम्पनी डुबेका पनि छन् । कुनै कम्पनीको अनावश्यक बुलिङ पनि नहुने होइन होला तर समग्रमा सिरानीमुनि राखेको वा बचत खातामा राखेको पैसाभन्दा शेयरको लगानी धेरै प्रतिफलयुक्त हुन्छ । तैपनि अपवादको कुनै जवाफ कसैसँग हुँदैन लगानी डुब्न सक्छ, त्यो चिया पसलको लगानी हुन पनि सक्छ र ठूला सिमेन्ट कम्पनीहरू तथा नोकिया, तोसिबा, निरमा पाउडर जस्ता कम्पनी पनि डुबेका उदाहरण छन् । लगानी गरेपछि सचेतना र लगानीप्रति सद्भावना हुनुपर्छ त्यो जिम्मेवारीबाट मुक्त हुने प्रयास कसैले नगरौं । अलिकति गोडमेल गर्नासाथ २ दाना फर्सीको बिउले १ टन फर्सी र मुन्टा दिन्छ । लगानी पनि त्यस्तै हो सोही आशालाई जीवन्त राख्दै लगानी गरौं । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

कम्पनीको आम्दानी र हिसाबकिताब

कम्पनी ऐन, २०६३ अन्तर्गत संस्थापन हुने सबै कम्पनीको मूल उद्देश्य नाफा आर्जन हो । मुनाफा वितरण नगर्ने कम्पनीको पनि उद्देश्य नाफा आर्जन नै हुन्छ । यस्ता कम्पनीको पूँजी नहुने हुँदा नाफा वितरण गर्दैनन् । हरेक कम्पनीको आम्दानी मूलतः दुई प्रकारको हुन्छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) सूचीकृत बैंक तथा वित्त, बीमा (जीवन र निर्जीवन), जलविद्युत्, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, व्यापार, लगानी र अन्य समूहमा सूचीकृत सबै कम्पनी हुन् । लगानी समूहमा सूचीकृत नागरिक लगानी कोष पनि विशेष प्रकारको कम्पनी नै हो । म्युचुअल फन्ड कम्पनीको परिभाषामा पर्दैन । यस्ता फन्ड कम्पनी वा नागरिक लगानी कोष जस्ता विशेष प्रकारका कम्पनीले प्रवद्र्धन गरेका आयवृद्धि योजना हुन् । विशेष कानूनद्वारा स्थापित संस्थाको पनि आम्दानी दुई प्रकारकै हुन्छन् । दुई प्रकारको आम्दानीमध्ये उद्देश्यअनुसारको गतिविधिबाट प्राप्त आम्दानी बढी महत्त्वपूर्ण हुन्छ । कम्पनीले आफ्नो मूल उद्देश्यअनुसार गर्ने आम्दानीलाई मुख्य वा व्यापारिक वा सञ्चालन आम्दानी भनिन्छ । सञ्चालन आम्दानीको अंकले कम्पनी आफ्नो लक्षित उद्देश्यमा कति केन्द्रीकृत छ भन्ने देखाउँछ । कम्पनीको हिसाब किताब कम्पनी स्थापना गर्दा कुन वा के व्यापार (कारोबार) गर्ने भन्ने कुरा र उक्त उद्देश्य पूरा गर्न सकिने कार्य कम्पनीको मूल कानून प्रवन्धपत्रमा उल्लेख हुन्छ । कम्पनीले प्रबन्धपत्रमा उल्लिखित कार्य गरेर गर्ने आम्दानीको हिसाबकिताब प्रचलित कानूनबमोजिम राख्नुपर्छ । कम्पनी ऐन, २०६३ दफा १०८(१) मा कम्पनीले आफ्नो लेखा नेपाली वा अंग्रेजी भाषामा रीतपूर्वक राख्नुपर्ने तथा दफा १०८(२) मा यसरी राखिने हिसाब दोहोरो लेखाप्रणालीमा आधारित, कम्पनीको कारोबारको यथार्थ स्थिति स्पष्टरूपमा प्रतिबिम्बित हुने गरी प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायले लागू गरेको लेखामान (एकाउन्टिङ स्ट्यान्डर्ड) र यस ऐनबमोजिम पालना गर्नुपर्ने अन्य शर्त तथा व्यवस्थाअनुरूप राख्नु पर्नेछ भनेको छ । प्रचलित लेखामानअनुसार कम्पनीको समस्त हिसाबकिताब राखिन्छ । यसमा कम्पनीको आम्दानी र खर्च दुवैको हिसाबकिताब राखिन्छ । आयको हिसाबकिताब राख्ने खातालाई नाफानोक्सान हिसाब खाता भनिन्छ । आयव्यय हिसाबको अंग नाफानोक्सान हिसाब खाताबाट खुद नाफाको अंक देखिन्छ । यस्तो खुद नाफाको पनि बाँडफाँट हुन्छ । नाफाको बाँडफाँट गर्दा कम्पनी ऐन, २०६३ को दफा १८२(६) आकर्षित हुन्छ । यो व्यवस्था नियमन हुने र नहुने दुवै कम्पनीको लागि लागू हुन्छ । दफा १८२(६) बमोजिम कम्पनीले कुनै आर्थिक वर्षमा भएको नाफाबाट लाभांश वितरण गर्नुभन्दा पहिले पूर्वसञ्चालन खर्च, प्रचलित कानूनबमोजिम अधिकारप्राप्त निकायद्वारा निर्धारित लेखामानअनुसार गर्नुपर्ने ह्रासकट्टी, प्रचलित कानूनबमोजिम नाफाबाट भुक्तानी गर्नुपर्ने वा छुट्ट्याउनुपर्ने रकम वा विगतका आर्थिक वर्षमा भएको सञ्चित नोक्सानीको रकम पूर्णरूपमा कट्टा गरिसकेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै, सोही दफाको प्रतिबन्धात्मक वाक्यांशमा लाभांश वितरण गर्नुभन्दा पहिले कुनै रकमको जगेडा वा सञ्चित कोष खडा गर्नुपर्ने सम्बन्धमा प्रचलित कानूनले कुनै व्यवस्था गरेको रहेछ भने त्यस्तो कोष खडा नगरी लाभांश वितरण गर्न नसक्ने व्यवस्था गरेको छ । प्रतिवन्धात्मक वाक्यांश बैंक र बीमाजस्ता नियमन हुने व्यावसायिक निकायका लागि गरिएको व्यवस्था हो । आर्जित नाफा बाँडफाँट गरेपछि लाभांशबाहेकको रकम वासलातको तत्तत् शीर्षकमा सारिन्छ । कम्पनीको सम्पत्ति र दायित्वको हिसाबकिताब राख्ने खातालाई वासलात भनिन्छ । वासलातमा कम्पनीको सम्पत्ति र दायित्वको विवरण देखिन्छ । वासलातको एक खण्डमा सम्पत्ति र अर्को खण्डमा दायित्वको हिसाब राखिएको हुन्छ । दोहोरो लेखाप्रणालीमा आधारित हिसाबकिताब राखिने हुँदा वासलातमा सम्पत्ति र दायित्व बराबर हुन्छ । पूँजी, सञ्चिति, प्रिमियम र विभिन्न नामका जगेडा आदिलाई सम्पत्ति वा दायित्वका रूपमा नदेखाई इक्विटी अर्थात् शेयरधनीको कोषको रूपमा देखाइन्छ । यी सबैको योगलाई शेयरधनीको कुल सम्पत्तिको रूपमा लेखांकन गरिएको हुन्छ । पूँजी, सञ्चिति, प्रिमियम र विभिन्न नामका जगेडाजस्ता रकम कम्पनीको दायित्व भए पनि यसलाई दायित्वअन्तर्गत लेखांकन गरिँदैन । यसो गर्नुको कारण यस्ता दायित्व दीर्घकालीन प्रकृतिको भएको र कम्पनी स्वैच्छिक वा अनिवार्य खारेजीमा गएमा कम्पनीको दायित्व फछ्र्योट गरेर बाँकी रहेमा शेयरधनीले धारण गरेको अंशको अनुपातमा फिर्ता हुनु हो । दायित्व भुक्तान गर्दा कम्पनीको सम्पत्तिले नपुगेमा शेयरधनीसँग नपुग रकम माग पनि गरिँदैन । यसलाई शेयरधनीको सीमित दायित्व भनिन्छ । दुई प्रकारका आम्दानी कम्पनीको आम्दानी दुई प्रकारको हुन्छन् भन्ने कुरो उठान अघिल्लो अनुच्छेदमा गरियो । कम्पनीले आफ्नो मूल उद्देश्यअनुसार गर्ने आम्दानीलाई मुख्य वा व्यापारिक वा सञ्चालन आम्दानी भनिन्छ । सञ्चालन आम्दानीको अंकले कम्पनी आफ्नो लक्षित उद्देश्यमा कति केन्द्रीकृत छ भन्ने देखाउँछ । नाफानोक्सान हिसाब खाताको सबैभन्दा माथि यस्तो आम्दानी प्रविष्ट हुन्छ । उदाहरणको लागि कुनै बैंकिङ कम्पनीले सबैभन्दा माथि ब्याज आम्दानी, त्यसको ठीक तल ब्याज खर्च र त्यसपछि खुद ब्याज आम्दानी लेखांकन गर्छ । यस्तै प्रकारले अन्य क्षेत्रका कम्पनीले पनि मुख्य व्यापारिक आम्दानी र त्यसका लागि भएको खर्च लेखांकन गर्छ । जलविद्युत् कम्पनीले पनि विक्री आम्दानी सबैभन्दा माथि राखेको हुन्छ र त्यसको ठीक तल विक्री (प्रसारण) खर्च उल्लेख गर्छ । यसरी मुख्य आम्दानीपश्चात् सञ्चालन र कर्मचारी खर्च लेखांकन गरेपछि अन्य सञ्चालन वा गैरव्यापारिक आम्दानीको लेखांकन गर्छन् । सञ्चालन आम्दानी आयको नियमित स्रोत हो । यस्तो आम्दानी कुनै वर्ष धेरै वा थोरै हुनसक्छ । कुनै आम्दानी कुनै कम्पनीका लागि मुख्य र कुनैका लागि सहायक वा गैरव्यापारिक दुवै हुन्छ । ब्याज आम्दानी बैंकको लागि मुख्य आम्दानी हो भने अन्य प्रकारका कम्पनीका लागि सहायक वा गैरव्यापारिक हो । विशाल बजार कम्पनी लिमिटेड वा यस्तै प्रकारको बहुतले व्यापारिक भवन सञ्चालन गर्नेका लागि भाडा मुख्य आम्दानी हुन्छ । तर, जलविद्युत् कम्पनीले कुनै ठाउँ भाडामा दिएको रहेछ भने त्यस्तो आम्दानी सहायक हुन्छ । यसो हुनुका कारण तत्काल उक्त ठाउँ खाली बसेका कारण उपयोगविहीन बनाउनुभन्दा उपयोगमा ल्याएको कारण भाडा प्राप्त भएको मात्र हो । त्यो ठाउँ पुनः आफैलाई चाहिएको खण्डमा आफैले भोग गर्नुपर्छ । यस्ता सहायक आम्दानी नियमित आयको स्रोत होइनन् । कुनै बैंकले कुनै अचल सम्पत्ति कुनै तरहले प्राप्त गरेमा त्यसलाई कुनै समयमा विक्री गर्नसक्छ । यति बेला गैरव्यापारिक आम्दानी देखिनसक्छ । यस्तो पटके आम्दानी एउटा त्रैमासिकमा मात्र देखिन्छ । शेयर प्रिमियम नाफानोक्सान हिसाबमा तथा वासलातको सम्पत्ति र दायित्वमा पनि जाँदैन । यस्ता रकम र शेयरपूँजी शीर्षकअन्तर्गत लेखांकन हुन्छ र शेयरधनीको कोषमा बाँधिन्छ । अन्तमा, कुनै पनि कम्पनीको वित्तीय विवरणमा प्रतिशेयर आम्दानी बढी देखिएको भरमा लगानी बढाउने निर्णय घातक हुन्छ । त्यस्ता आम्दानी कहाँबाट कसरी आएको छ नाफानोक्सान हिसाब खाता हेरेर पत्ता लगाउन सकिन्छ । मुख्य आम्दानी सबैभन्दा माथि देखिने हुँदा यसलाई मनन गरेर लगानी गर्नु हितकर हुन्छ । लेखक धितोपत्रसम्बन्धी अध्येता अधिवक्ता हुन् ।

घुसमै खर्च हुन्छ व्यवसायीको ३५ प्रतिशत आम्दानी

काठमाडौं : निजी क्षेत्रका साना–ठूला व्यवसायीले व्यावसायिक कार्य सम्पादनका क्रममा आफ्नो आम्दानीको ३५ प्रतिशत रकम घुस दिनुपर्ने तथ्य बाहिर आएको छ। नेपाल उद्योग परिसंघले एक हजारभन्दा बढी उद्योगीहरुमा गरेको अध्ययनबाट निजी क्षेत्रले आफ्नो आम्दानीको ३० देखि ३५ प्रतिशतसम्म रकम घुस र टिप्समा खर्चिनुपरेको भेटिएको समाचार नयाँ पत्रि...

जग्गा बाँझो राखेवापत ५० हजार राजस्व

चितवनको रत्ननगर नगरपालिकामा चालू आव ०७४/७५ मा आम्दानीको तुलनामा खर्च निकै कम भएको छ । चालू वर्षमा ८२ प्रतिशत आम्दानी भएकोमा ५८ प्रतिशतमात्रै खर्च भएको तथ्यांकले देखाएको छ ।