महोत्सवको ४० प्रतिशत आम्दानी सामाजिक क्षेत्रमा

गुल्मी– गुल्मीमा हुन लागेको चौथो गुल्मी महोत्सवबाट आम्दानीमध्ये ४० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गरिने भएको छ । यही चैत २५ गतेदेखि ४ वैशाख २०७९ सम्म हुने चौथो गुल्मी महोत्सव तथा प्रादेशिक व्यापार एवं औद्योगिक मेला–२०७८ बाट कूल आम्दानीको ४० प्रतिशत रकम सामाजिक क्षेत्रमा खर्च गरिने उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष ईश्वरी प्रसाद पौडेलले बताए […]

सम्बन्धित सामग्री

‘उद्योगी धराशायी भएकै उधारोसम्बन्धी कानुन नभएर हो’

राज्यको ४० प्रतिशत आम्दानी उठाउने नाकाका रूपमा वीरगन्ज चिनिएको छ, यो आँकडा आयातका कारण देखिएको हो । तर वीरगन्जलाई कस्तो अवसर छ भने अब आयातमा होइन यहीँ वीरगन्जमै उत्पादन गर्न सक्ने सम्भावना छ । हामीले आयात होइन वीरगन्जमै उत्पादन गरेर निर्यातमार्फत आम्दानी बढाउने वातावरण बनाउनुपर्छ र त्यसमा गर्व गर्ने अवस्था निर्माण गर्नुपर्छ ।

गत वर्षको तुलनामा तारागाउँ रिजेन्सी होटलको नाफा ७१ प्रतिशत बढ्यो

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुुसार यस वर्ष कम्पनीको खुद नाफा ७१ प्रतिशत बढेको हो । गत वर्ष १० करोड ६१ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष १८ करोड १६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो । सञ्चालनबाट प्राप्त भएको आम्दानी २० प्रतिशत बढेको छ भने कुल आम्दानी १४ दशमलव ४० प्रतिशत बढेको छ । गत वर्ष ५३ करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको सञ्चालनबाट प्राप्त आम्दानी यस वर्ष ६३ करोड ८५ लाख रुपैयाँभन्दा बढी भएको छ । कुल आम्दानी भने गत वर्ष ६२ करोड ४३ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष ७१ करोड ४२ लाख रुपैयाँभन्दा बढी छ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ छ । जगेडा कोष रकम गत वर्षभन्दा ५९ दशमलव ४१ प्रतिशत बढेर ८६ करोड १० लाख रुपैयाँभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ६४ पैसा छ । रिपाेर्ट हेर्न यहाँ क्लिक गर्नुहाेस्

‘पिंक डिजिज’ले पकेट क्षेत्रमै सुन्तला उत्पादन ४० प्रतिशत घट्यो

बाग्चौर नगरपालिका–९ कोटमौलाका ५० वर्षीय केशुराम डाँगीको ३० रोपनी जग्गामा ७ सयभन्दा बढी सुन्तलाका रूख छन् । सुन्तला बिक्री गरेर उनले गत वर्ष १८ लाख रुपैयाँ आम्दानी गरे । केही वर्षयता उनको बगैंचामा भएका ७ सय बोटमै सुन्तला फलिरहेका थिए । यसपालि भने रोगका कारण ३ सय बोटमा मात्र दाना लागेका छन् ।

जगदम्बा स्पिनिङको ९ महीनाको सञ्चालन आम्दानी २ अर्ब ७८ करोड

काठमाडौं। सौरभ ग्रूपको लगानी रहेको जगदम्बा स्पिनिङ मिल्सले आर्थिक वर्ष सन् २०२३ को ९ महीनामा २ अर्ब ७८ करोड रुपैयाँ सञ्चालन आम्दानी कमाएको छ । रेटिङ कम्पनी इक्रा नेपालका अनुसार कम्पनीले आर्थिक वर्ष सन् २०२२ मा भने २ अर्ब ३२ करोड रुपैयाँ सञ्चालन आम्दानी कमाएको थियो । कम्पनीले उत्पादन गर्ने सिन्थेटिक धागो ठूलो परिमाणमा भारत र टर्की निर्यात हुँदै आएको छ ।  कम्पनीले ३ अर्ब रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । इक्रा नेपालले कम्पनीको १ अर्ब १६ करोड रुपैयाँको दीर्घकालीन कर्जाका लागि एल डबल बी र १ अर्ब ९१ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ए फोर रेटिङ दिएको छ ।  सन् २००५ मा स्थापित यस कम्पनीले पोलिस्टर धागो, पोलिस्टर भिस्कोज, मिश्रित धागो र एक्रेलिक धागोलगायत फाइबरमा आधारित धागो उत्पादन गर्छ । कम्पनीको उद्योग रूपन्देहीमा रहेको छ । कम्पनीमा दुर्गाप्रसाद न्यौपानेको ४० प्रतिशत, विष्णुप्रसाद न्यौपानेको २२ प्रतिशत र वैभव न्यौपानेको १६ प्रतिशत शेयर रहेको छ । कम्पनीको अध्यक्षमा विष्णुप्रसाद न्यौपाने छन् ।

ट्‍वीटरको आम्दानीमा ४० प्रतिशत गिरावट

काठमाडौं : सामाजिक सञ्जाल ट्‍वीटरको आम्दानी र समायोजित आम्दानीमा गत डिसेम्बरमा ४० प्रतिशतको गिरावट आएको छ। ट्‍वीटरको वार्षिक आम्दानी वृद्धि दरमा इलन मस्कले गत अक्टोबरमा कम्पनीको जिम्मेवारी लिएपछि भारी गिरावट आएको हो। मस्कले ट्‍वीटर खरिद गरेपछि यस प्लेटफर्मका शीर्ष विज्ञापनदाताहरूले सबै विज्ञापनहरू रोकेका छन्। अनुसन्धान फर्म पाथमेटिक्सले तयार पारेको तथ्यांकअनुसार शीर्ष ३० विज्ञापनदाताहरूमध्ये १४ जनाले…

सिटिजन्स बैंकको खुद ब्याज आम्दानी ४० प्रतिशत बढेपछि खुद नाफा र ईपीएस पनि वृद्धि

काठमाडौं। सिटिजन्स बैंकको नाफा बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा

सामुदायिक भट्टीले थेगेको कुमालेको पेसा

विगतमा परम्परागत रूपमा माटोका भाँडाहरू पोल्ने गर्दा झण्डै ४० प्रतिशत फुटेरै नष्ट हुँदा आम्दानी निकै कम हुने गरेको भक्तपुरका कुमालेहरू बताउँछन्।