सुडानमा ‘कू’ प्रयास : राष्ट्रसंघ सुरक्षा परिषदमा निन्दा

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले सुडानमा कू को प्रयासको कडा शब्दमा निन्दा गरेको छ । प्रेस वक्तव्य जारी गर्दै सुरक्षा परिषद्का सदस्यहरूले प्रधानमन्त्री अब्दुल्ला हमदोकको पक्षमा समर्थन व्यक्त गर्दै सुडानमा जारी संक्रमणको अन्त्य गर्दै एक समावेशी, शान्तिपूर्ण, सन्तुलित रूपले जनताको आशा र आकांक्षा प्राप्त गर्ने प्रयासमा आफूहरू सहयोगी हुने विश्वास व्यक्त गरेका छन् । परिषद्का सदस्य राष्ट्रहरू सम्बन्धित पक्षलाई राष्ट्रिय सङ्कट र सङ्क्रमणको विषय लाई गम्भीर रूपले बुझ्न र सोहीअनुरूप अगाडि बढ्न आग्र

सम्बन्धित सामग्री

राष्ट्रसंघ सुरक्षा परिषद बैठक : गाजामा युद्धविराम गर्ने प्रस्ताव पारित

२९ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा प्यालेस्टिनीको गाजा क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पारित भएको छ । सुरक्षा परिषदमा रहने १५ सदस्यहरुमध्ये १४ सदस्य युद्ध विराम गर्ने पक्षमा उभिएका थिए । भिटो प्रयोग गर्ने …

अमेरिकी भिटोले गाजाको अवस्था अझ खतरनाक : चीन

गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा पेश मस्यौदा प्रस्तावमा संयुक्त राज्य अमेरिकाले फेरि एकपटक भिटो प्रयोग गरेकामा चीनलगायत विभिन्न पक्षहरूले कडा निराशा र असन्तुष्टि व्यक्त गरेका...

गाजामा अमेरिकी समर्थनपछि सुरक्षा परिषदमा मतदानको तयारी

इजरायल–हमास युद्धसम्बन्धी बहुप्रतीक्षित प्रस्तावमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले शुक्रबार मतदान

सुरक्षा परिषदमा नयाँ स्थायी सिट सृजना गर्न बेलायत सहमत

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा नयाँ स्थायी सिट सृजना गर्न बेलायतले सहमति जनाएको छ । साथै उसले भारत, जर्मनी, जापान र ब्राजिललाई नयाँ सदस्यका रूपमा परिषदमा भित्र्याउन आफ्नो पूर्ण समर्थन रहको बताउँदै परिषद विस्तारका निम्ति आह्वान पनि गरेको छ । सुरक्षा परिषद सुधार सम्बन्धमा बिहीबार भएको वार्षिक बहसलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसंघका लागि बेलायतका राजदूत बारबरा वुड वर्डले स्थायी र गैर–स्थायी सदस्यका लागि आफ्नो देशको समर्थन दोहोर्याइन् । उनले संयुक्त अधिराज्यले लामो समयदेखि सुरक्षा प

पाकिस्तानद्वारा सुरक्षा परिषद् विस्तारको विरोध

पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले आफ्नो देशले संयुक्त राष्ट्र संघ (युएन) सुधारको नाममा भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सामेल गराउने लगायतको प्रस्तावको विरोध गर्ने बताएका छन् । वासिङ्टनस्थित पाकिस्तानी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्  ।पाकिस्तानका विदेशमन्त्रीले भारतको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको विरोध गरे पनि जलवायु सङ्कटको विषयमा भारत र अन्य देशहरूसँग काम गर्ने इच्छा व्यक्त गरेका छन्। ‘जलवायु परिवर्तनको मुद्दा

अफगानिस्तानमा राष्ट्रसंघको मिसन थप एक वर्ष रहने प्रस्ताव पास

संयुक्त राष्ट्रसंघको मिसन अफगानिस्तानमा थप एक वर्ष रहने भएको छ। शुक्रवार राति भएको राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकले अफगानिस्तानमा राष्ट्रसंघको मिशन थप एक वर्ष रहने प्रस्ताव पारित गरेको हो।संयुक्त राष्ट्रसंघको प्रस्तावमा तालिबान शब्द उल्लेख गरिएको छैन। अफगानिस्तानमा तालिबान सरकारलाई अहिलेसम्म विश्वको कुनै पनि देशले मान्यता दिएका छैनन्। सुरक्षा परिषदमा भएको मतदानमा प्रस्तावको पक्षमा १४ देशले भोट दिएका थिए। सुरक्षा परिषदका १५ सदस्य राष्ट्रमध्ये रूस भने बैठकमा अनुपस्थित थियो।अन्तर्राष्ट्रिय सञ्चार

राष्ट्रसंघ सुरक्षा परिषदमा युक्रेन आक्रमणको निन्दा, रुसद्वारा भिटो प्रयोग

१४ फागुन, काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेनबारेको एक प्रस्तावमा रुसले भिटो पावरको प्रयोग गरेर त्यसलाई रोकिदिएको छ । रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्ने प्रस्तावमा स्थायी सदस्य राष्ट्र रुसले भिटो प्रयोग गरेको हो । यस प्रस्तावको पक्षमा ११ सदस्यले भोट दिए । भारत, चीन र युएईले भोटिङमा भाग लिएनन् । युक्रेनमा रुसी आक्रमणलाई […]

राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षता नरेन्द्र मोदीले गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्‌को खुला छलफलमा अध्यक्षता गर्दैछन्। भिडियोमार्फत मोदीले सुरक्षा परिषद्‌ छलफलको अध्यक्षता गर्न लागेका हुन्। आज समुद्री सुरक्षा र सहयोगबारे राष्ट्रसंघीय फोरममा छलफल हुँदैछ।मोदी सुरक्षा परिषदमा छलफलको अध्यक्षता गर्ने पहिलो भारतीय प्रधानमन्त्री भएको त्यहाँको विदेश मन्त्रालयले जानकारी दिएको छ।आफूले राष्ट्रसंघीय बैठकको अध्यक्षता गर्न लागेको जानकारी मोदी स्वयम्‌ले ट्वीटरमार्फत पनि जानकारी दिएका छन्। ट्वीटर

अफगानिस्तानद्वारा संयुक्त राष्ट्रसंँग आपतकालीलन बैठकको माग

बीबीसी।अफगानिस्तानका विदेशमन्त्री मोहम्मद हनिफ अत्मारले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई फोन गरी संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा अफगानिस्तान मामिलामा आपत्कालीन बैठक बोलाउन अनुरोध गरेका छन्।सुरक्षा परिषदमा अगष्ट महिनाका लागि भारत अध्यक्ष रहेको छ।यसैकारण अत्मारले जयशंकरलाई फोन गरी आपत्कालीन बैठक बोलाउन अनुरोध गरेका हुन्।“राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले तालिबानको हिंसा तथा अत्याचार रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन्”,अत्मारले बैठक बोलाउनुको कारण ट्वीटरमा लेखेको छन्।

भारतले अब एक महिना राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता गर्ने

बीबीसी।भारतले भोलि (अगष्ट २) बाट एक महिना संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता गर्ने भएको छ।सुरक्षा परिषद्को अस्थायी सदस्य भएको भारतले अगष्ट महिनाभरी सुरक्षा परिषदमा अध्यक्षको भूमिका निर्वाह गर्नेछ। १५ देश सदस्य रहेको सुरक्षा परिषदमा आफ्नो अध्यक्षताको बेला आतंकवाद विरुद्ध, शान्ति बहाली र समुन्द्री सुरक्षालाई प्राथमिकता दिने भारतले जनाएको छ।अध्यक्ष भएकोमा रुस, फ्रान्स लगायत देशले भारतलाई बधाई समेत दिएका छन्।