संयुक्त राष्ट्रसंघको मिसन अफगानिस्तानमा थप एक वर्ष रहने भएको छ। शुक्रवार राति भएको राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकले अफगानिस्तानमा राष्ट्रसंघको मिशन थप एक वर्ष रहने प्रस्ताव पारित गरेको हो।संयुक्त राष्ट्रसंघको प्रस्तावमा तालिबान शब्द उल्लेख गरिएको छैन। अफगानिस्तानमा तालिबान सरकारलाई अहिलेसम्म विश्वको कुनै पनि देशले मान्यता दिएका छैनन्। सुरक्षा परिषदमा भएको मतदानमा प्रस्तावको पक्षमा १४ देशले भोट दिएका थिए। सुरक्षा परिषदका १५ सदस्य राष्ट्रमध्ये रूस भने बैठकमा अनुपस्थित थियो।अन्तर्राष्ट्रिय सञ्चार