पाकिस्तानका विदेश मन्त्री बिलावल भुट्टो जरदारीले आफ्नो देशले संयुक्त राष्ट्र संघ (युएन) सुधारको नाममा भारतलाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा सामेल गराउने लगायतको प्रस्तावको विरोध गर्ने बताएका छन् । वासिङ्टनस्थित पाकिस्तानी दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।पाकिस्तानका विदेशमन्त्रीले भारतको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको विरोध गरे पनि जलवायु सङ्कटको विषयमा भारत र अन्य देशहरूसँग काम गर्ने इच्छा व्यक्त गरेका छन्। ‘जलवायु परिवर्तनको मुद्दा