गाउँपालिका अध्यक्ष र उपाध्यक्षसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरूयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका जनप्रतिनिधिविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउपाँलिकाका स्वर्गीय अध्यक्ष नवलसिंह रावल, उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष पूजादेवी बुढा मगर, वडाअध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत लगायतविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको हो । अख्तियारले जनप्रतिनिधिहरूसहित १४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । कैलाली भएर बग्ने पथ्थरगढ, […]

सम्बन्धित सामग्री

गाउँपालिका अध्यक्षसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा

सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जनाविरुद्व पाँच लाख रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गाउँपालिका अध्यक्ष र अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

तेमाल गाउँपालिका काभ्रेपलाञ्चोकका तत्कालीन अध्यक्ष सलाम सिंह लामा, प्रमुख प्रशासकीय अधिकृत शर्मिला लामिछाने सहित सात जना उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

मृत्यु भइसकेका गाउँपालिका अध्यक्ष रावलसहित १४ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ– मोहन्याल गाउँपालिका कैलालीका अध्यक्ष नवल सिंह रावल ( हाल मृत्यु), उपाध्यक्ष पूजादेवी बुढामगर, वडाअध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीसहित १४ जना विरुद्ध  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट र सार्वजनिक सम्पति नोक्सानी गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूविरूद्ध ५४ लाख १८ हजार ५६८ रूपैयाँसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको […]

मोहन्याल गाउँपालिका अध्यक्ष र वडा अध्यक्षसहित १० जनामाथि भ्रष्टाचार मुद्दा

काठमाडौं : कैलालीको मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्ष पुजादेवी बुढामगर र वडाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्‍दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण सेवाका ठेकेदारबीचको मिलेमतोमा विभिन्न खोलाबाट नदीजन्य पदार्थको विक्रीमा भ्रष्टाचार भएको भन्दै अध्यक्ष मगरसहित ७ जना वडाध्यक्षको विरुद्धमा विषेश अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।पालिकाका वडा १ का वडाध्यक्ष नविन पुन मगर, २ का देवीदत्त उपाध्यय, ३ का नन्दराम गिरी, ४ का टेक बहादुर बोगटी, ५ का छविलाल मगर ६ का टे

लिखु तामाकोशी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रामेछाप : रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष तथा कर्मचारीसहित २७ जनाविरुद्ध १७ करोडभन्दा बढी रूपैयाँ बिगो दाबीसहित भ्रष्टाचारको मुद्दा दायर भएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईं, लेखापाल तथा विभिन्न उपभोक्ता समितिका अध्यक्षहरूविरुद्ध कुल १७ करोड ७ लाख २४ हजार ८ सय ९२ रूपैयाँ बिगो कायम गरी आरोपपत्र दायर गरेको हो।अनुसन्धानबाट भ्रष्टाचारजन्य कसुर देखिएकाले आज (बिही

लिखु तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

चैत १७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विद्युतीकरण गर्दा ४ करोड २१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अध्यक्ष खड्का र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईंसहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको वडा नं १, ४ र ५ मा आर्थिक वर्ष २०७४ र २०७५ र २०७५र०७६ मा विद्युतीकरण गर्दा आफूहरुलाई गैरकानूनी लाभ पुग्ने र सरकारी रकममा हानिनोक्सानी पुर्‍याउने बदनियत राखेर अनुभव र कार्यक्षमता नभएका उपभोक्ता समितिहरुसँग विद्युतीकरण जस्तो जटिल प्रकृतिको काम गर्न योजना सम्झौता गरेको अख्तियारले दावी  गरेको छ । अख्तियारले गाउँपालिकाका अध्यक्ष खड्काविरुद्ध ४ करोड २१ लाख रुपैयाँ विगो मागदावी गरेको छ । अख्तियारले गाउँपालिका अध्यक्ष खड्कासँगै तल्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईं, तत्कालिन लेखापाल दुर्गाबहादुर डिम्दोङ, उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवार, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगर लगायतविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपभोक्ता समितिका नाममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चार करोडबढी भ्रष्टाचार गरेको आरोपमा गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले गाउँपालिका अध्यक्ष खड्का, तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध चार करोड २१ लाख ७०६ रुपियाँ बिगो मागदाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

रामेछाप लिखु–तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष, कार्यकारी अधिकृत, लेखापाल र उपभोक्ता समितिका पदाधिकारीसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेको मुद्दामा चार करोड २१ लाख बिगो दाबी गरिएको छ। उपभोक्ता समितिमार्फत काम गर्दा अध्यक्ष, कार्यकारी अधिकृत, वडा अध्यक्षसहितको संलग्नता देखिएको आयोगको दाबी छ। अख्तियारले गाउँपालिका अध्यक्ष […]