लिखु तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

 चैत १७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले विद्युतीकरण गर्दा ४ करोड २१ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अध्यक्ष खड्का र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईंसहित २७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको वडा नं १, ४ र ५ मा आर्थिक वर्ष २०७४ र २०७५ र २०७५र०७६ मा विद्युतीकरण गर्दा आफूहरुलाई गैरकानूनी लाभ पुग्ने र सरकारी रकममा हानिनोक्सानी पुर्‍याउने बदनियत राखेर अनुभव र कार्यक्षमता नभएका उपभोक्ता समितिहरुसँग विद्युतीकरण जस्तो जटिल प्रकृतिको काम गर्न योजना सम्झौता गरेको अख्तियारले दावी  गरेको छ । अख्तियारले गाउँपालिकाका अध्यक्ष खड्काविरुद्ध ४ करोड २१ लाख रुपैयाँ विगो मागदावी गरेको छ । अख्तियारले गाउँपालिका अध्यक्ष खड्कासँगै तल्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईं, तत्कालिन लेखापाल दुर्गाबहादुर डिम्दोङ, उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवार, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापामगर लगायतविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उपभोक्ता समितिका नाममा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । 

सम्बन्धित सामग्री

रामेछाप लिखु–तामाकोशी गाउँपालिका अध्यक्षसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष, कार्यकारी अधिकृत, लेखापाल र उपभोक्ता समितिका पदाधिकारीसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा दायर गरेको मुद्दामा चार करोड २१ लाख बिगो दाबी गरिएको छ। उपभोक्ता समितिमार्फत काम गर्दा अध्यक्ष, कार्यकारी अधिकृत, वडा अध्यक्षसहितको संलग्नता देखिएको आयोगको दाबी छ। अख्तियारले गाउँपालिका अध्यक्ष […]