लुम्बिनी प्रदेशसभा सदस्य विमला वली खत्री बिहीबार तनावमिश्रित अवस्थामा सार्वजनिक भइन् । उनले यस्तो तनाव केही दिनदेखि झेल्दै आएको बताइन् । गत साउन १५ देखि आफूले रोजेको दल नेकपा माओवादी केन्द्रको सम्पर्कबाहिर रहेकी उनले मुख्यमन्त्री शंकर पोखरेलको निवासमा आफूलाई ‘बन्धक’ बनाइएको दाबी गरिन् । बुटवलमा बिहीबार पत्रकार सम्मेलन गरी उनले ‘मौका छोपेर’ भाग्न सफल भएको बताइन् ।