मौलिक कलात्मक प्रवेशद्वार । रानीपोखरी (न्हुः पुखु) सँगै पुनर्जीवन पाएको सुन्दर ह्वाङह्वाङ पाटीले अर्को सौन्दर्य थपेको छ । संरक्षण अभावमा निकै वर्ष पुरिएर लोप अवस्थामा पुगेको जलद्रोणी पनि सङ्लो पानीले भरिएको छ । मर्मत तथा जीर्णोद्धार नहुँदा घाँसे झाडीमा पुरिएका शिलालेख, ऐतिहासिक मूर्तिहरूले पनि मुहार फेरेको आभास हुन्छ ।