मिर्लुङ ठूल्ढुङ्गामा जन्म भए पनि मेरो बन्दीपुरमा पुनर्जन्म भएको थियो। पुनर्जन्म त मेरो मात्र भएन, बन्दीपुर स्वयम्को पनि भयो। लामो आयु भएका सहरहरु धेरैपटक आवाद हुन्छन्, उजाडिन्छन्। बन्दीपुरचाहि“ मेरै आँखाअगाडि उजाडियो र फेरि बौरियो, बन्दीपुरेहरुको अथक प्रयासले। २००३ साल। “त्यस दिन म खानासाना पकाएर सबैलाई खुवाइसकेपछि सानो छोरा कान्तिको थाङ्ना र लुगा धुन र नुहाउनलाई…