उही जोसमा गायक दीप श्रेष्ठ

म पत्थरको देवता होइन तोडिएर जोडिने न म त्यो देव हुँ सधैं बाँची रहने... अहिलेको जीवनलाई आफ्नो पुनर्जन्म भन्ने गरेका दीप श्रेष्ठले आफ्ना स्रोताका विचमा कोभिडपछि गाएको यो पहिलो गीत हो। श्रेष्ठले यही गीत...

सम्बन्धित सामग्री

‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा गायक दीप श्रेष्ठ

काठमाडौं । ‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ले आयोजना गर्न लागेको ठूलो धनराशी रहेका २ दुई रियालिटी शो मध्ये ‘मेरो भ्वाइस युनिभर्स’को निर्णायकमा बरिष्ठ गायक दीप श्रेष्ठ अनुवन्धित भएका छन् । अमेरिकामा सेटलमेन्ट गरिएका भुटानी शरणार्थी समुदायको संस्था इन्ट्रा नेपालले केही बर्षदेखि यी दुइवटा रियालिटी शो गरिरहेको छ । इन्ट्राले विश्वभर छरिएर रहेका […]

चितवनमा गुञ्जिँदै दीप श्रेष्ठ

काठमाडौं– कोरोना संक्रमण भएयता गायक दीप श्रेष्ठ कुनै पनि सांगीतिक कार्यक्रममा सहभागी भएका छैनन् । यिनै गायक लामो समयपछि सांगीतिक कार्यक्रममा पुनरागमन गर्दैछन् । भरतपुर महानगरपालिका ६ देवनगर/चम्पानगरस्थित लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गर्ने कार्यक्रममा दीप आफ्नो प्रस्तुति दिँदैछन । डिसेम्बर ३१मा हुने ‘दीप श्रेष्ठ म्युजिकल नाइट’मा […]

वरिष्ठ गायक दीप श्रेष्ठ भन्छन्– कोभिडपछि शरीर तंग्रियो स्वर भासियो

चितवन : वरिष्ठ गायक दीप श्रेष्ठले कोरोनाको संक्रमणपछि आफ्नो शरीर तंग्रिएको तर स्वर भासिएको बताएका छन्। एक कार्यक्रमको लागि चितवन पुगेका श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मलेलनमा सो कुरा बताएका हुन्।अंग्रेजी नयाँ वर्षको अवसरमा लेक ट्वान्टी थाउजेन्ड रिसोर्टले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा भाग लिन गएका श्रेष्ठले कोभिड भइसकेपछि आफ्नो स्वर पहिलेको जस्तो नरहेको जनाएका हुन्। ‘म पुनर्जन्म पाएको मान्छे, मेरो यो दोस्रो जन्म हो।’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘कोभिडबाट त

अंग्रेजी नयाँ वर्षमा गायक दीप श्रेष्ठ नाइट हुने

अंग्रेजी नयाँ वर्षको अवसर पारेर चितवनमा गायक दीप श्रेष्ठ नाइट हुने भएको छ । भरतपुरको देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली) मा ३१ डिसेम्बरमा आयोजना हुने नाइटमा दीपले आफ्ना दर्जन बढी गीत संगीतबाट दर्शक झुमाउनेछन् ।रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ का जज समेत रहेका श्रेष्ठ गायकको अलवा संगीतकार तथा रचनाकार पनि हुन् । श्रेष्ठको ‘म पत्थरको देवता होइन’, ‘म त दूर देखि आए’, ‘हर रात सपनीमा’, ‘एउटै बाटो’, ‘उ यात्री&rs

‘द भ्वाइस अफ नेपाल’मा फर्किए दीप श्रेष्ठ

वरिष्ठ गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन–३’ को सेटमा फर्किएका छन् । लामो समय अस्पताल बसेर कोरोना जितेका श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को मुख्य कोचको रुपमा रहेका छन् । ‘द भ्वाइस अफ नेपाल’का निर्माता तथा उद्घोषक सुशिल नेपालले गायक श्रेष्ठ शोमा फर्किएको जानकारी दिए । शुक्रवारको शो मार्फत श्रेष्ठ शोमा फर्किएका हुन् । श्रेष्ठ कार्यक्रममा उपस्थित हुन नसकेपछि शोमा ‘स्याट्याण्ड इन कोच’ का रूपमा गायक राजेशपायल राई  भित्

‘द भ्वाइस अफ नेपाल’को सेटमा फर्किए दीप श्रेष्ठ

बरिष्ठ गायक तथा नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोच दीप श्रेष्ठ सेटमा फर्किएका छन् । कोरोना भाइरसबाट संक्रमित भएपछि दीप श्रेष्ठ २ साता भन्दा बढी अस्पतालमा उपचार गराएर फर्किएका थिए । उनी, कोरोनामुक्त भएपनि केही समय आराम गर्न घरमै बसेका थिए । जसकाकारण, उनी ‘द भ्वाइस अफ नेपाल’को सेटमा उपस्थित हुन […]

गायक दीप श्रेष्ठ कोरोना संक्रमणमुक्त

काठमाडौं। कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएको १६ दिनपछि गायक दीप श्रेष्ठ बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन्। संक्रमण पुष्टि भएको केही दिनपछि दीप ह्याम्स अस्पताल भर्ना भएका थिए। डिस्चार्ज हुनुअघि उनको पुनः कोरोना परीक्षण गरिएपनि त्यसको रिपोर्ट भने आइसकेको छैन। दीप ‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै निर्णायकको रूपमा रहँदै आएका छन्।

दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

गायक दीप श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि शरीरमा अक्सिजनको मात्र कम देखिएको कारण ह्याम्स अस्पताल भर्ना भएका श्रेष्ठ १६ दिनपछि  बिहीबार डिस्चार्ज भएका हुन् । श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । केही दिन घरमै आईसोलेसन बस्ने गरेर अस्पतालले श्रेष्ठलाई डिस्चार्ज गरेको पौडेलको भनाई रहेको छ ।डिस्चार्ज अघि उनको पुनः कोरोना परीक्षण समेत गरिएको थियो । जसको रिपोर्ट भने आउन भने बाँकी रहे

कोरोना संक्रमित वरिष्ठ गायक दीप श्रेष्ठ अस्पताल भर्ना

न्युज अफ नेपाल, काठमाडौै । कोरोना संक्रमित वरिष्ठ गायक दीप श्रेष्ठलाई अस्पताल भर्ना गरिएको छ । संक्रमणपछि स्वास्थ्यमा समस्या देखिएसँगै श्रेष्ठलई ह्याम्स अस्पतालमा भर्ना गरिएको छ । हाल उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ ।

लण्डनमा गुञ्जिए गायक दीप श्रेष्ठ

आफ्नो सांगीतिक यात्रा ५० वर्ष पुगेको अवसरमा लिभिङ लेजेण्ड गायक दीप श्रेष्ठ शुक्रबार राती लण्डनमा गुञ्जिए । ‘दीप श्रेष्ठ साँझ हाम्रो माझ नाम’ दिएको ऊक्त सांगीतिक कार्यत्रममा गायक श्रेष्ठले करिब दुई घण्टा निरन्तर नयाँ पुराना गीतहरु प्रस्तुत गरे ।