आधा उखु क्रसिङ भइसकेपछि सरकारले तोक्यो मूल्य

किसानको आधा उखु क्रसिङ भइसक्दा सरकारले बल्ल उखुको समर्थन मूल्य तोकेको छ । किसानका अनुसार उखु उद्योगहरूले मंसिर अन्तिम सातादेखि नै क्रसिङ सुरु गरिरहेका छन् । करिब ४० प्रतिशत उखु बिक्री भइसकेपछि बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको हो ।

सम्बन्धित सामग्री

दुई ठुला चिनी उद्योगले उखु क्रसिङ रोके

उखुको मूल्य तय नहुन्जेल चिनी उद्योग सञ्चालन नगरिदिन किसानले आग्रह गरेपछि देशकै ठुला दुई चिनी उद्योगले उखु क्रसिङ रोकेका छन् । सर्लाहीको इन्दुशङ्कर चिनी उद्योग हरिवन र महोत्तरीको एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिज रामनगरले तत्कालका लागि उखु क्रसिङ कार्य स्थगित गरेका हुन् । दुवै चिनी उद्योगले सोमबारबाट उखु क्रसिङ (पेल्ने) काम सुरु गर्ने तयारी गरेका थिए । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले उखुको मूल्य निर्धारण नभएसम्म मिल सञ्चालन नगरिदिन आग्रह गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सर्लाही, महोत्तरी र रौतहटका अगुवा उखु किसानको हरिवनमा आइतबार बैठक नै बसेर मूल्य तय नभएसम्म चिनी उद्योग सञ्चालन हुन नदिने निर्णय गरिएको छ ।

उखु क्रसिङ सुरु भइसक्दा पनि तोकिएन समर्थन मूल्य

तराईका जिल्लामा उखु क्रसिङ सुरु भइसक्दा पनि सरकारले उखुको समर्थन मूल्य तोक्न ढिलाइ गरेको छ । किसानले कात्तिक

उखु क्रसिङ सुरु, तर मूल्य अझै तोकिएन

सरकारले उखुको न्यूनतम समर्थन मूल्य नतोक्दा यसवर्ष पनि किसानले अन्योलमै उखु बेचेका छन् । सरकारले उखुको न्यूनमत समर्थन मूल्य निर्धारण गर्ने र त्यसअनुसार मिलले खरिद गर्दै आएका छन् । तर, यस वर्ष मिलले उखु क्रसिङ गर्न सुरु गरेको एक महिना हुँदा पनि सरकारले मूल्य तोकेको छैन । किसानहरुका अनुसार चिनी मिलले पुरानै मूल्य दिने शर्तमा […]

समयमै उखुको मूल्य नतोक्दा किसान मारमा

काठमाडौं । सरकारले समयमै मूल्य नतोक्दा उखु किसान मारमा परेका छन् । किसानले उखु क्रसिङ सुरु गरिसक्दा पनि सरकार मूल्य तोक्न अलमल गरेको छ । उखु क्रसिङ सकेर हिउँदे बाली लगाउने चटारोमा रहेका किसान मूल्य बिना उखु क्रसिङ गर्न बाध्य भएका छन् । किसानले मंसिरको दोस्रो सातादेखि नै उखु क्रसिङ गर्न थालिसकेका सर्लाहीका उखु किसान […]

उखु क्रसिङ सुरु भइसक्दा पनि  मूल्य तोक्न सरकारको ढिलाइ

किसानले उखु ल्याउन सुरु गरेसँगै सर्लाहीको महालक्ष्मी चिनी उद्योग सञ्चालनमा, केही दिनमै हरिवनको इन्दुशंकर र महोत्तरीको एभरेस्ट सुगर मिल पनि खुल्दै उखु क्रसिङ सुरु गरिसक्दा पनि सरकार मूल्य तोक्नमा अलमलिएको देखिएको...

मूल्य कुर्दा खेतमै सुक्छ उखु, उधारोमा मिललाई दिँदै किसान

सर्लाही : उखुको मूल्य तय नभए पनि सर्लाहीका चिनी उद्योग भने चल्न थालेका छन्। काट्न ढिला हुँदा खेतमै सुक्ने डर तथा अर्को बाली लगाउन पनि ढिला हुने भएकाले उखुको मूल्य नै तय नभए पनि किसान चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन्।यसैक्रममा सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ सुरु गरेको छ। बिहीबार दिउँसो २ बजेदेखि उद्योग संचालनमा आएको उद्योगका प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले जानकारी दिए।किसानको उखु बोकेका ट्रक र ट्रयाक्टरले उद्योगको यार्ड भरिभराउ भइसकेको छ। टायरगाढाको यार्ड भने खा

गुलियो चिनीको तीतो बन्दै मूल्य : थोकमै पुग्यो किलोको ९५

काठमाडौं : मागभन्दा बढी आपूर्ति हुँदा पनि पछिल्लो समय बजारमा चिनीको मूल्य अस्वाभाविक रुपमा बढेको छ। उखु क्रसिङ हुने समयमा समेत चिनीको भाउ बढ्दो क्रममा छ। विगतमा उखु क्रसिङको समयमा चिनीको मूल्य घट्ने गर्थ्यो। अहिले चिनी थोकमै किलोको ९५ रुपैयाँमा बिक्री भइरहेको छ। उपभोक्ताले चिनी अहिले किलोको सय रुपैयाँमा किन्नुपर्ने अवस्था आएको…

सरकारले मूल्य नतोक्दा सस्तोमा उखु बेच्दै किसान

बुटवल- सरकारले मूल्य निर्धारण नगर्दा उखु किसानले सस्तो मूल्यमा उखु बिक्री गर्न थालेका छन् । उखु क्रसिङ सिजनको एक महिना बित्दासमेत सरकारले मूल्य निर्धारण नगरिदिएपछि चिनी मिल सञ्चालकहरूले तोकेकै मूल्यमा किसानहरुले उखु बेच्न बाध्य भएका हुन् । सरकारले मूल्य निर्धारण नगर्ने हो भने किसानले ठूलो घाटा व्यहोर्न बाध्य हुने उखु उत्पादक कृषक संघ नवलपरासीका अध्यक्ष […]

उखुको मूल्य निर्धारणको तयारी

काठमाडौं, मंसिर २९ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण गर्ने गृहकार्य सुरु गरेको छ । कृषिमन्त्री महिन्द्रराय यादवले मङ्सिर २४ गते उखु किसानसँग छलफल गरी मूल्य निर्धारणको कार्यलाई अगाडि बढाएको मन्त्रालयले जनाएको छ । पुस १५ गतेदेखि उखु क्रसिङ सुरु हुन्छ, त्यसअघि नै मूल्य निर्धारण हुने मन्त्री यादवले बताए। उनले […]

महामारीमा चिनी उद्योगीको मनपरी : प्रतिकिलो १० रूपैयाँ बढाए मूल्य

जेठसम्मलाई पुग्ने चिनी मौज्दात रहेको बताएका चिनी उद्योगीहरूले निषेधाज्ञाका बेलामै मूल्य वृद्धि गरेका छन् । उद्योगीहरूले चैतसम्म उखु क्रसिङ गरेका थिए । तर सर्वसाधारण कोभिडको चपेटामा परिरहेका बेला चिनी उत्पादक संघले चिनीको मूल्य बढाएको छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको भनाइ मान्ने हो भने निषेधाज्ञाअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उनीहरूले ४ महिनालाई पुग्ने चिनी मौज्दात रहेको बताएका थिए । तर अहिले एकाएक भाउ बढाएको श्रेष्ठको भनाइ छ । ‘भाउ बढ्नुको कारण नै छैन । मन्त्रालयमा भएको छ...