मूल्य कुर्दा खेतमै सुक्छ उखु, उधारोमा मिललाई दिँदै किसान

सर्लाही : उखुको मूल्य तय नभए पनि सर्लाहीका चिनी उद्योग भने चल्न थालेका छन्। काट्न ढिला हुँदा खेतमै सुक्ने डर तथा अर्को बाली लगाउन पनि ढिला हुने भएकाले उखुको मूल्य नै तय नभए पनि किसान चिनी उद्योगलाई उखु दिन बाध्य भएका छन्।यसैक्रममा सर्लाहीको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले उखु क्रसिङ सुरु गरेको छ। बिहीबार दिउँसो २ बजेदेखि उद्योग संचालनमा आएको उद्योगका प्रशासकीय अधिकृत ठाकुरप्रसाद नेपालले जानकारी दिए।किसानको उखु बोकेका ट्रक र ट्रयाक्टरले उद्योगको यार्ड भरिभराउ भइसकेको छ। टायरगाढाको यार्ड भने खा