महामारीमा चिनी उद्योगीको मनपरी : प्रतिकिलो १० रूपैयाँ बढाए मूल्य

जेठसम्मलाई पुग्ने चिनी मौज्दात रहेको बताएका चिनी उद्योगीहरूले निषेधाज्ञाका बेलामै मूल्य वृद्धि गरेका छन् । उद्योगीहरूले चैतसम्म उखु क्रसिङ गरेका थिए । तर सर्वसाधारण कोभिडको चपेटामा परिरहेका बेला चिनी उत्पादक संघले चिनीको मूल्य बढाएको छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठको भनाइ मान्ने हो भने निषेधाज्ञाअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उनीहरूले ४ महिनालाई पुग्ने चिनी मौज्दात रहेको बताएका थिए । तर अहिले एकाएक भाउ बढाएको श्रेष्ठको भनाइ छ । ‘भाउ बढ्नुको कारण नै छैन । मन्त्रालयमा भएको छ...

सम्बन्धित सामग्री

मनपरी पैसा लिने अन्तर्राष्ट्रिय विमानस्थलका नौ पसललाई जरिवाना

काठमाडौं, फागुन ६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्यवस्तु बिक्री गर्ने पसलहरूले देश भित्रिने र बाहिरिने यात्रुसँग मनपरी शुल्क लिने गरेका छन् । यो ठाउँमा गएर जाने वा आउने यात्रुले चिया वा कफी जुस वा कुनै वस्तु किन्नुपर्‍यो भने बाहिरभन्दा तेब्बरसम्म बढी मूल्य तिर्न बाध्य […]

दैनिक उपभोग्य वस्तुको मूल्य दिन प्रतिदिन बढ्दा पनि सरकारको बेवास्ता

काठमाडौं । पछिल्लो समय बजार मूल्य मनपरी बढ्दा पनि सरकारले बेवास्ता गरेको छ । चुनावपछि दैनिक उपभोग्य वस्तुको मूल्य २५ प्रतिशतले बढिसकेको छ । जसका कारण सर्वसाधारणलाई बाँच्नै मुस्किल हुने अवस्था आएको छ । यसबीचमा दाल, चामल, मैदा र आटाको मूल्य अत्यधिक बढेको छ । नेपाल खुद्रा व्यापार संघले कात्तिक यता आटामा प्रति किलो २५ […]

सिन्धुलीमा निर्माण सामग्रीमा मनपरी मूल्य

सिन्धुली । सिन्धुलीमा निर्माण सामग्रीहरूको बिक्री वितरण गर्दै आएका पसलहरूले निर्माण सामग्रीहरूको आफू खुसी मुल्य निर्धारण गर्न थालेपछि ग्राहकहरू पीडित बन्दै आएका छन् । सिमेण्ट, रडलगायतका निर्माण सामग्रीहरू विकास निर्माण तथा निर्माणाधीन आयोजनाका लागि बेच्दा जिल्लाका व्यापारीहरूले मनपरी मूल्य लिएर बिक्री गरिरहेका हुन् । जिल्लामा सञ्चालित विकास निर्माणका ठूला तथा साना आयोजनाहरूका लागि चालिने इटा, […]

दशैंको मुखमा चामलको मूल्यमा मनपरी, बोरामै २ सय रुपैयाँसम्म वृद्धि

दशैंको मुखैमा व्यवसायीहरुले चामलको मूल्यमा मनपरी वृद्धि गरेका छन् । व्यवसायीहरुले १० दिन यता जिरा मसिनो चामलको खुद्रा मूल्य किलोमा ८ र बोरामा २ सय रुपैयाँसम्मले बढाएका छन् ।

मैदा र चामलमा मनपरी मूल्य

केही दिनयता बजारमा मैदा र चामलमा अत्यधिक मूल्य बढेको पाइएको छ । नेपाल खुद्रा व्यापार संघकाअनुसार एक महिनाको बीचमा मैदाको मूल्य किलोमै ५ र चामलको ८ रुपैयाँसम्मले बढेको छ ।

चिनीको मूल्यमा मनपरी

चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् ।

चिनीको मूल्यमा मनपरी

चाडपर्वको समयमा सरकारी कम्पनीसँग चिनीको अभाव भएको मौका छोप्दै व्यापारीहरूले मनपरी रूपमा चिनीको मूल्य बढाएका छन् । दशैं अघिसम्म प्रतिकिलो ९० रुपैयाँ रहेको चिनीको मूल्य तिहार शुरू हुन लाग्दा प्रतिकिलो ९५ देखि १ सय रुपैयाँसम्म पुगेको बताइएको छ ।ठूला व्यापारी र बिचौलियाको मिलेमतोमा मनपरी रूपमा चिनीको मूल्य बढाइएको छ । पसलैपिच्छे चिनीको मूल्य फरक रहेको पाइएको छ । बुधवार कीर्तिपुरको नयाँँबजारमा तिहारका लागि किनमेल गर्न आएकी सुनयना महर्जनले प्रतिकिलो ९५ रुपैयाँका दरले ३ किलो चिनी किनिन् । उनकै घरनजिकै

खानेतेलको मूल्यमा मनपरी वृद्धि, सरकार भन्छ– अध्ययन गर्दैछौँ !

खाने तेलका उत्पादकहरुले तेलको मूल्य फेरि मनलाग्दी बढाएका छन् । एक महिनाअघि प्रतिलिटर ३५ रुपैयाँसम्म घटेको खानेतेल उद्योगीहरुले फेरि मनपरी मूल्य राखेर बजारमा पठाउन थालेका हुन् । उपभोक्ताहरू मूल्यवृद्धिको मारमा परिरहे पनि सरकारी निकायले यसमाथि कुनै अनुगमन वा कारवाही अघि बढाएको छैन ।पछिल्लो एकसाताको अवधिमा खानेतेलको मूल्यमा अस्वभाविक वृद्धि भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले यसलाई नजिकबाट नियालिरहेको बताएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंले मूल्यवृद्धिको विषयलाई आफूहरुले नियालिर

खाद्यवस्तुको मूल्य बढेको बढ्यै, के-को मूल्य कति पुग्यो ?

कोभिडका कारण अस्तव्यवस्त बनेको बजारको मौका छोप्दै व्यापारीहरूले विभिन्न खाद्यवस्तुको मनपरी रूपमा मूल्य बढाउने काम कायमै राखेका छन् ।

गुल्मीमा खाद्यान्न तथा तरकारीको मनपरी मूल्य

गुल्मीमा अनुगमन र नियमन गर्ने निकाय आँखा चिम्लेर बस्दा उपभोक्ता मारमा परेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा दैनिक उपभोग्य वस्तुको मूल्य व्यापारीले मनपरि रूपमा राखेपनि अनुगमन र नियमन गर्ने निकाय आँखा चिम्लेर बस्दा उपभोक्ता मारमा परेका हुन् । सदरमुकाम तम्घासका चोकचोकमा तरकारी तथा अन्य दैनिक उपभोग्य समानको मूल्य आ–आफ्नै रहेको छ । पुतलीबजारमा प्याजको मूल्यप्रति […]