प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रेशम चौधरीलाई रिहा गर्न नसक्ने स्पष्ट पारेका छन् । उनले आफू कानुनी राजमा विश्वास गर्ने मान्छे भएकाले अदालतले जे गर्छ त्यही अनुसार हुने बताए ।
शनिबार लोकान्तर डट्कमका प्रधान सम्पादक विमल गौतमलाई विशेष अन्तरवार्ता दिँदै ओलीले रेशम चौधरी छुट्छन् कि छुट्दैनन् भन्ने विषय आफ्नो नभएर अदालतको भएको बताएका हुन् ।
म कसरी भन्नु सक्छु र रेशम चौधरीलाई रिहा गर्छु भनेर ? मुद्दा अदालतमा छ । म कसरी रिहा गर्न सक्छु’, उनले भने, ‘म कानुनी राजमा विश्वास गर्छु । रेशम चौधरी छुट्नु हुन्छ कि हुँदैन म...