काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई विश्वास नगर्नुको कुनै कारण नरहेको बताएका छन्। प्रतिनिधिसभाको दोस्रो बैठकमा सम्बोधन गर्दै उनले भने, “सरकारले गर्नुपर्ने हरेक काम गरिरहेको छ, सडक, बाटो र विकास निर्माणका काम गरिरहेको छ।” उनले विकासमा प्रविधिको प्रयोग भएको बताउँदै डिजिटल नेपाल बनाउने अठोट लिइएको बताए। त्यसैले सरकारलाई विश्वास नदिने कुनै कारण नभएको प्रष्ट पारे।