प्रधानमन्त्री शेरबहादुर देउवाले निष्पक्ष अनुसन्धानमा प्रहरीले सम्झौता नगर्नेमा आफ्नो विश्वास रहेको बताएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमलाई संवोधन गर्दै प्रधानमन्त्रीले भने, ‘निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिनुको साथै दण्डहीनता अन्त्य गर्दछ ।’अपराधका नयाँ शैलीप्रति प्रहरी चनाखो हुन जरुरी रहेको भन्दै प्रधानमन्त्री देउवाले कोरोना महामारीमा संक्रमण फैलिन नदिन प्रहरीले गरेको योगदानको प्रशंसा गरेका छन् । उनले भने–‘कोरोना महामारी