विकास बजेटमा बढाएर भौतिक पूर्वाधारमा व्यापक खर्च गर्न नेपाल उद्योग परिसंघले अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ । परिसंघले मंगलवार अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर आगामी बजेटमा समावेश गर्नुपर्ने नीतिगत सुझाव लिखित रूपमा बुझाउँदै मन्दीको समयमा आर्थिक गतिविधि बढाउन र समग्र मागमा कमी आउन नदिन विकास खर्च बढाउनुपर्नेमा जोड दिएको हो ।