काठमाडौं : स्थानीय, प्रदेश, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचनमा दलहरूले गर्ने खर्च व्यापक रुपमा खर्च बढेको गुनासो आइरहेका बेला निर्वाचनमा हुने खर्चले सुशासनमा असर गर्ने भन्दै विज्ञहरू चिन्ता व्यक्त गर्न थालेका छन्।सरोकार राख्ने विज्ञहरूले स्थानीय निर्वाचनमा राजनीतिक दलले गर्ने खर्च पारदर्शी हुनुपर्ने माग पनि अगाडि सारेका छन्। राजधानीमा आइतबार 'राजनीतिक पार्टीहरूको अनुगमन र नियमनमा निर्वाचन आयोगको भूमिका' विषयक अन्तरक्रियामा विज्ञहरूले यस्ता विचार व्यक्त गरे।