आर्थिक वर्ष सकिन अब १८ दिनमात्र बाँकी छ । यही बेला सरकार विकासे खर्चको दबाबमा देखिएको छ । विकास खर्च बढाउन दैनिक एक अर्ब रुपैयाँ बढी पुँजीगत खर्च हुने गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले देखाएको छ । असार लागेयता पुँजीगत खर्च १३ अर्ब १९ करोड २३ लाख रुपैयाँ भएको छ । हालसम्म पुँजीगत खर्च लक्ष्यको जम्मा ४४.३९ प्रतिशत मात्रै खर्च भएको छ ।तर चालु खर्च भने ७६.८५ प्रतिशत भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा पुँजीगत शीर्षकमा कूल तीन खर्ब ५२ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ खर्च गर