‘सिटीसी मल’ लिलामी हुने, ३५ दिने सूचना सार्वजनिक

काठमाडाैं । कर्मचारी सञ्चय कोषले बैंकिङ कसूर गरेको अभियोगमा थुनामा इच्छाराज तामाङलगायतको लगानी रहेको काठमाडौँको सुन्धारास्थित ‘सिटिसी मल’ लिलामी गर्ने भएको छ । कोषले आज एक सूचना प्रकाशित गरी १३२ वटा पसल तथा कबल रहेको सो मल लिलामीका लागि सूचना प्रकाशित गरेको हो । उद्योग विभागमा २०६४ असोज ९ मा दर्ता भएको सिभिल इस्टेट्रस प्रालिले […] The post ‘सिटीसी मल’ लिलामी हुने, ३५ दिने सूचना सार्वजनिक appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

सुन्धारास्थित इच्छाराजको सीटीसी मल लिलामी गर्न सञ्चय कोषले निकाल्यो सूचना

सिभिल बैंकका पूर्वअध्यक्ष इच्छाराज तामाङको सुन्धारास्थित सीटीसी मल लिलामीका लागि सूचना जारी भएको छ । सिभिल स्टेट्स प्रालिका नाममा रहेको सो मलको १ सय ३२ वटा पसल कवल लिलाम बिक्रीका लागि कोषले शिलबन्दी बोलपत्र आह्वान  गरेको हो । कोषले ऋण तिर्न ३५ दिने सूचना जारी गर्दा पनि मलको स्वामित्वकर्ता इच्छाराज तामाङ सम्पर्कमा नआएपछि लिलामी प्रक्रियाका लागि बोलपत्र आह्वान भएको कोषका प्रवक्ता दामोदरप्रसाद सुबेदीले बताए ।

७ ओटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

माघ ११, काठमाडौं । प्रडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेका ७ ओटा कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज (मंगलवार) अन्तिम दिन रहेको छ ।   क्यापिटलको स्वामित्वमा रहेका प्रभु बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, आईसीएफसी फाइनान्स, नेपाल ग्रामीण विकास लघुवित्त वित्तीय संस्था, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।   कम्पनीले माघ ५ गतेदेखि आफ्नो स्वामित्वमा रहेको ति ७ ओटा कम्पनीको ५ लाख २९ हजार ६७५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । विद्यमान संस्थापकहरुलाई प्रथामिकता दिई यसभन्दा अगाडिनै कम्पनीले ३५ दिने सूचना प्रकाशित गरीसकेको हुँदा यसै सूचनाद्वारा विद्यमान संस्थापकहरुलाई जानकारी गराएको छ । क्यापिटलले प्रभु बैंकको ४६ हजार कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १७५ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ ।  त्यसैगरी, प्राइम कमर्शियल बैंकको शेयर न्यूनतम मूल्य प्रतिकित्ता रू. १९०, कुमारी बैंकको रू. १७५, आईसीएफसी फाइनान्सको रू. २५०, नेपाल ग्रामीण विकास लघुवित्तको रू. ४००, नेशनल लाइफ इन्स्योरेन्सको रू. ३९४ र नेपाल इन्स्योरेन्सको रू. ४५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।  विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सुन्धाराको सीटीसी मल लिलामीका लागि मूल्याङ्कन थालियो

कर्मचारी सञ्चय कोषले ऋण तिर्न ३५ दिने सूचना जारी गर्दा पनि काठमाडौंको सुन्धारास्थित सीटीसी मलको स्वामित्वकर्ता इच्छाराज तामाङ सम्पर्कमा नआएपछि लिलामी प्रक्रियाका लागि मलको मूल्याङ्कन थालेको छ । इच्छाराज तामाङले उद्योग विमागमा दर्ता गरेको आफ्नो सिभिल स्टेट्स प्रालिको नाममा कर्मचारी सञ्चय कोषबाट सीटीसी मल धितो राखेर ऋण लिएका थिए । कोषले तामाङले लिएको कर्जा रकम […]

सुन्धाराको सीटीसी मल लिलामीका लागि मूल्याङ्कन थालियो

कर्मचारी सञ्चय कोषले सुन्धारास्थित सीटीसी मलको मूल्याङ्कन थालेको छ । कोषले ऋण तिर्न ३५ दिने सूचना जारी गर्दा पनि मलकाे स्वामित्वकर्ता इच्छाराज तामाङ सम्पर्कमा नआएपछि  लिलामी प्रक्रियाका लागि भन्दै सीटीसी मलको मूल्याङ्कनथालिएको हो । तामाङले उद्योग विमागमा दर्ता गरेको आफ्नो सिभिल स्टेट्स प्रालि नाममा कोषबाट मल धितो राखी ऋण लिएका थिए । तामाङले लिएको कर्जा रकम भने कोषले खुलाएको छैन ।

इच्छाराज तामाङले सञ्चय कोषको ऋण नतिरेपछि सीटीसी मल लिलामी तयारी

काठमाडौं । कर्मचारी सञ्चय कोषले इच्छाराज तामाङ सञ्चालक रहेको सिभिल इस्टेट्स प्रा.लि. (सीटीसी मल) ले ऋण नतिरेपछि लिलामीको तयारी गरेको छ ।  कोषले सोमबार ३५ दिने सूचना जारी गर्दै सबै ऋण तिर्न वा तिर्नुपर्ने किस्ता नियमित गर्न भनेको छ । सो अवधिभित्र ऋण तिर्न नआएमा धितोमा रहेको सीटीसी मल लिलाम गरी...

मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने मंगलवार अन्तिम दिन

वैशाख ६, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन मंगलवार कार्यालय समयसम्म रहेको छ ।  कम्पनीको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक शेयर गत चैत ४ गते देखि लिलामीमा विक्री खुला गरेको भएको हो । उक्त खरीद गर्न इच्छुक योग्य संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघ संस्थाहरुले मंगलवार कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।  साथै, संस्थापकहरुलाई प्रथामिकता दिई यो सूचना प्रकाशित गरेको ३५ दिनको समय दिएको हुनाले सस्थापक शेयरधनीलाई कुनै पनि ३५ दिने सूचना प्रकाशित नगरेको कम्पनीले जानकारी गराएको छ ।  शेयरको न्यूनत मूल्य प्रतिकित्ता रू. ४३७ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।