सिभिल बैंकका पूर्वअध्यक्ष इच्छाराज तामाङको सुन्धारास्थित सीटीसी मल लिलामीका लागि सूचना जारी भएको छ । सिभिल स्टेट्स प्रालिका नाममा रहेको सो मलको १ सय ३२ वटा पसल कवल लिलाम बिक्रीका लागि कोषले शिलबन्दी बोलपत्र आह्वान गरेको हो । कोषले ऋण तिर्न ३५ दिने सूचना जारी गर्दा पनि मलको स्वामित्वकर्ता इच्छाराज तामाङ सम्पर्कमा नआएपछि लिलामी प्रक्रियाका लागि बोलपत्र आह्वान भएको कोषका प्रवक्ता दामोदरप्रसाद सुबेदीले बताए ।