कर्मचारी सञ्चय कोषले सुन्धारास्थित सीटीसी मलको मूल्याङ्कन थालेको छ । कोषले ऋण तिर्न ३५ दिने सूचना जारी गर्दा पनि मलकाे स्वामित्वकर्ता इच्छाराज तामाङ सम्पर्कमा नआएपछि लिलामी प्रक्रियाका लागि भन्दै सीटीसी मलको मूल्याङ्कनथालिएको हो । तामाङले उद्योग विमागमा दर्ता गरेको आफ्नो सिभिल स्टेट्स प्रालि नाममा कोषबाट मल धितो राखी ऋण लिएका थिए । तामाङले लिएको कर्जा रकम भने कोषले खुलाएको छैन ।