मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने मंगलवार अन्तिम दिन

वैशाख ६, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन मंगलवार कार्यालय समयसम्म रहेको छ ।  कम्पनीको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक शेयर गत चैत ४ गते देखि लिलामीमा विक्री खुला गरेको भएको हो । उक्त खरीद गर्न इच्छुक योग्य संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघ संस्थाहरुले मंगलवार कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।  साथै, संस्थापकहरुलाई प्रथामिकता दिई यो सूचना प्रकाशित गरेको ३५ दिनको समय दिएको हुनाले सस्थापक शेयरधनीलाई कुनै पनि ३५ दिने सूचना प्रकाशित नगरेको कम्पनीले जानकारी गराएको छ ।  शेयरको न्यूनत मूल्य प्रतिकित्ता रू. ४३७ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने हुन्छ । शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

सम्बन्धित सामग्री

नेशनल माइक्रोफाइनान्सको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १७ हजार ९४३ कित्ता संस्थापक सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र आवेदन दिन सकिनेछ ।कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ७५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ७५० रूपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा लघुवित्तका विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी,संघ र संस्थाहरूले  आवेदन दिन सक्नेछन् । न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका ला

नेशनल माइक्रोफाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौँ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने आज (बुधबार) अन्तिम दिन रहेको छ। संस्थाले ३० भदौबाट ३६ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको थियो। कम्पनीले यसको मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ तोकेको छ। न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकिन्छ। आवेदन दिने लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार […]

मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार

भदौ ३०, काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार बैंकिङ समयसम्म रहेको छ ।  बैंकले कम्पनीको ८४ हजार ८९२ कित्ता संस्थापक शेयर भदौ २१ गतेदेखि लिलामीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ५२९ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ ।  आवेदकले शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने जानकारी गराएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

मेरो माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २९ साउन । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको साउन १९ गतेदेखि विक्रिमा आएको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको पटक–पटक लिलामीमा बिक्रि गरी बाँकी रहेको ८९ हजार ४३१ कित्ता शेयर पुनः लिलामी बिक्रिमा ल्याएको हो । कम्पनीको शेयरको मुल्य ५९५ रुपैयाँ तोकिएको हुनाले सो मुल्यमा शेयर […]

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयरमा लिलामी गर्ने अन्तिम दिन आइतवार

साउन २२, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन आइतवार बैंकिङ्ग समयसम्म रहेको छ ।  कम्पनीले असार १३ गतेदेखि १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ३४५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  इच्छुक आवेदकले यस लिलामी शेयरमा साउन २४ गते आइतबार बैंकिङ समये सम्म बोलपत्र पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

फरवार्ड माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन बिहीवार

असार १६, काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन  बिहीवार बैंकिङ समयसम्म रहेको छ ।  कम्पनीले असार ३ गते देखि ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो । इच्छुक आवेदकले शेयरको न्यूनतम मूल्य रू. ८५० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा आवेदकले न्यूनतम १ हजार कित्ता शेयरको लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर सख्याको लागि हुने हद नलाग्ने कम्पनीले बताएको छ । असार १७ गतेसम्म प्राप्त भएका बोलपत्र असार २० गते ११ बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले बताएको छ । विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

४ ओटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन भोलिसम्म

असार १०, काठमाडौं ।  एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका चार ओटा कम्पनीको लिलामीमा शेयरमा आवेदन गर्ने अन्तिम दिन शुक्रवारसम्म रहेको छ । कम्पनीले नेशनल लाइफ इन्स्योरेन्स,महुली लघुवित्त वित्तीय संस्था,आरएमडिसी लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर असार ६ गतेदेखि लिलामीमा ल्याएको हो ।  नेशनल लाइफ इन्स्योरेन्सको ४० हजार ६९६ कित्ता, महुली लघुवित्तको ५५ हजार ५७० कित्ता, आरएमडिसी लघुवित्तको ३ लाख ८६ हजार १९५ कित्ता र मेरो माइक्रोफाइनान्सको ५९ हजार ६६८ कित्ता संस्थापक शेयर लिलामी हुने छ । नेशनल माइक्रोफाइनान्सको न्यूनतम मूल्य प्रतिकित्ता रू. ४४४ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।  त्यसैगरी महुली लघुवित्तको शेयर न्यूनतम मूल्य रू. ७८६, आरएमडिसीको रू. ४७७ र मेरो माइक्रोफाइनान्सको रू. ५७५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।   आवेदकले बोलपत्र पेश गर्दा महुली लघुवित्तको न्यूनतम ५०० कित्ता लागि बोलपत्र पेश गर्न सकिने छ भने अधिकतम शेयर संख्याको लागि हद नलाग्ने कम्पनीले बताएको छ ।  त्यसैगरी मेरो माइक्रोफाइनान्स,महुली लघुवित्त र आरएमडिसी लघुवित्तको लिलामी शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ । अधिकतम भने सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले बताएको छ । ती चार ओटै कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

नेशनल माइक्रोफाइनान्सको ८० हजार कित्ता लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३० जेठ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ८० हजार कित्ता लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो । बिक्रीमा ल्याएको छ । संस्थाले जेठ १६ गतेदेखि संस्थागत समुह अन्तर्गतको ८० हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत विक्रिमा ल्याएको थियो । प्रतिकित्ता शेयरको न्युनतम मुल्य १ हजार २२ रुपैयाँ तोकिएको छ । […]

नेशनल माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज

जेठ ३०, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज (आइतवार) बैंकिङ समयसम्म रहेको छ ।  कम्पनीले ८० हजार कित्ता संस्थापक शेयर जेठ १६ गतेदेखि लिलामीमा विक्री विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. १ हजार २२ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गनुपर्ने हुन्छ ।  उक्त शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम शेयर संख्याको लागि हुने हद नलाग्ने कम्पनीले जानकारी गराएको छ ।  बोलपत्र जेठ ३१ गते अपरान्ह ३ बजे एनआइबिएल एस क्यापिटपल लाजिम्पाटमा खाल्ने कम्पनीले जानकारी गराएको छ । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज

वैशाख २६, काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८१ हजार ५०० कित्ता संस्थापक शेयर लिलामीमा आवेदन गर्ने अन्तिम दिन आइतवार रहेको छ ।  आइतवार बैंकिङ्ग समयसम्म आवेदकले उक्त कम्पनीको शेयरमा आवेदन गर्न सक्नेछन् । न्यूनतम शेयर मूल्य प्रतिकित्ता रू. ३०० राखेको हुनाले सो वा सोभन्दा बढी मूल्य कायम गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर खरीदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।  आवेदकले न्यूनतम १०० कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन सक्नेछन । विक्री प्रबन्धकको कार्यालय ग्लोबल आईएमई क्यापिटल नक्सालमा आइपुग्ने गरी बोलपत्र पेश गर्नुपर्नेछ ।कम्पनीले उक्त शेयर गत चैत २३ गतेदेखि लिलामीमा ल्याएको थियो ।