नाडामा चुनावी गर्मीः ठूला घराना २ समूहमा बाँडिए, को कसको पक्षमा ?

अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएको छ । चुनावको मिति नजिकिएसँगै अध्यक्षका प्रत्याशी द्वय ध्रुव थापा र करणकुमार चौधरी चुनावी दौडमा ब्यस्त छन् ।ठूला व्यापारिक घराना नै २ पक्षमा विभाजित भएपछि यसपटक नाडाको चुनाव प्रतिस्पर्धात्मक हुने देखिएको छ । यद्यपी, अध्यक्ष कृष्णप्रसाद दुलाल अन्तिम समयसम्म सहमतिकै प्रयास जारी रहने बताउँछन् । प्रयासका बाबजुद सहमति नभएको खण्डमा मंसिर २२ ४५औँ साधारणसभाको उद्घाटन र २३ गते निर्वाचन हुनेछ ।चौधरीको साथमा ठूला घरानाको बाहुल्यताकरण चौधरी सुजुकी नेपालको आधिकारिक बिक्रेता तथा चौधरी समूहको सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । उनी कर्पोरेट हाउसका व्यवसायी भएकाले उनको पक्षमा खुलेका व्यवसायीहरु पनि अधिकांश ठूला घरानाकै छन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्ने भर्याङको रुपमा लिईने नाडाको अध्यक्ष बन्न सके महासंघको राजनीति सुरक्षित हुने भएकाले चौधरीले ठूला घरानालाई हातमा लिएका छन् । चौधरीको समूहमा देशव्यापी ‘नेटवर्क’ भएका व्यवसायीहरु देखिन्छन् । टाटा, बजाज, यामाहा, हिरो, होण्डा सहितका ठुला बिक्रेता चौधरीको समूहमा छन् । हिरोका अभिक ज्योति, बजाजका अभिमन्यु गोल्छा, आईएमई मोटर्सका निशान ढकाल करण चौधरीको पक्षमा छन् ।यति मात्रै नभई, नाडाको वर्तमान कार्यसमितका पदाधिकारीहरु महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरी चौधरी प्यानलबाट चुनाव लड्दै छन् ।ध्रुव थापालाई फोर्ड र लक्ष्मी हुण्डाईको भरोसाध्रुव थापा मोफसलबाट नाडाको नेतृत्व हत्याउने प्रयासमा छन् । कर्पोरेट हाउसको कब्जाबाट नाडालाई निकाल्ने र साना तथा मझौला व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्यका साथ चुनावी मैदानमा होमिएको बताउने थापालाई केही ठूला घरानाले पनि भरोसा दिएका छन् ।हुण्डाई गाडीको आधिकारिक बिक्रेता तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ उनको समूहमा छन् । लक्ष्मी ग्रुप उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठको हो । अञ्जन नाडाको अध्यक्ष हुँदै महासंघमा पुगेका हुन् ।नाडाको वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा फोर्ड मोटर्सका आधिकारिक बिक्रेता आकाश गोल्छा पनि थापाको समूहमा छन् । हिट्को प्रा.लिका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रदिपमान प्रधान पनि थापाको पक्षमा खुलेका छन् । टीभीएस मोटर्सका दीपक अग्रवाल पनि ध्रुव थापाको पक्षमा खुल्ने सम्भावना देखिएको छ । नाडाको निर्वाचनमा करिब ३१ सय मतदाताले १७ जनालाई मतदान गर्नेछन् । सुरुमा अध्यक्ष र बाँकी १६ जना सदस्यका रुपमा चयन हुनेछन् । १६ जना सदस्यबाट उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहितका पदाधिकारी चयन हुनेछन् ।

सम्बन्धित सामग्री

झापा १ मा ‘हेभिवेट’बिचको  प्रतिस्पर्धा : कसको पक्षमा आउला नतिजा?

बनियानी : झापा क्षेत्र नम्बर १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)का दुई ‘हेभिवेट’बिचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ। चुनावलाई आफ्नो पक्षमा पार्न उनीहरु घरदैलोमा व्यस्त छन्। कांग्रेस, नेकपा (माओवादी केन्द्र) र…

भारतीय राष्ट्रपति चुनाव : कसको मत कति ?

भारतीय राष्ट्रपतिको चुनावमा एनडीए गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मू भारी मतका साथ विजयी भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट आएको छ ।यस्तै पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा मात्र २ लाख ६१ हजार ६२ मत प्राप्त भएको छ । भारतीय राष्ट्रपति चुनिनका लागि जम्मा ५ लाख ४३ हजार २१६ इलेक्टोरोल भोट चाहिन्छ । दौपदीले जुलाई २५ मा राष्ट्रपतिको शपथ लिने कार्यक्रम रहेको छ। भारतको १५ औं राष्ट्रपति बन्ने मुर्मू पहिलो आदिवासी  महिला हुन् ।

बाबुराम भट्टराईको पक्षमा १० जनाभन्दा बढी सांसद छन्: जसपा नेता

काठमाडौं, ३० असार । जनता समाजवादी पार्टी (जसपा) नेता गंगानारायण श्रेष्ठले बाबुराम भट्टराईको पक्षमा १० जनाभन्दा बढी सांसद रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता श्रेष्ठले भने, “अहिले हामीले कसको पक्षमा कति जना सांसद भनेर गणना गरेका छैनौं । तर १० जनाभन्दा […]

धरानमा गठबन्धन भर्सेस एमाले : कसको पक्षमा पल्ला भारी ?

आसन्न स्थानीय तहको निर्वाचनमा प्रदेश १ को धरान उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षले जनमतलाई आफ्नो पक्षमा पार्न जोडबल गरिरहेका छन् ।धरानमा तीन दशकभन्दा लामो समयदेखि वामपन्थीको वर्चश्व रहँदै आएकोमा दुई वर्ष अघि सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भने नेपाली काँग्रेसले बाजी मारेको थियो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राईले प्रमुख पदमा उम्मेदवारी दिएका छन् भने एमालेले निवर्तमान उपप्रमु

ढुक्क देउवा, इतर पक्षमा निराशाका तीन कारण

काठमाडौं, २३ मंसिर : नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबारबाट सुरु हुँदै छ । काठमाडौंको भृकुटीमण्डपमा दिउँसो एक बजे महाधिवेशनको उद्घाटन हुने छ । महाधिवेशनमा पार्टीले आगामी दिनमा लिने नीति, योजना, पार्टी र संगठन निर्माण, देश बनाउने खाका लगायतका विषयमा विचार मन्थन हुनु पर्ने भएपनि सबैको ध्यान आगामी नेतृत्व कसको हातमा पुग्छ भन्नेमा नै केन्द्रित रहेको पाइन्छ […]

नाडामा चुनावी गर्मीः ठूला घराना २ समूहमा बाँडिए, को कसको पक्षमा ?

अटोमोबाइल व्यवसायीको छाता संगठन नाडा अटोमोबाइल्स डिलर्स एसोसिएसन अफ नेपालको निर्वाचनको मिति नजिकिएको छ । चुनावको मिति नजिकिएसँगै अध्यक्षका प्रत्याशी द्वय ध्रुव थापा र करणकुमार चौधरी चुनावी दौडमा ब्यस्त छन् ।ठूला व्यापारिक घराना नै २ पक्षमा विभाजित भएपछि यसपटक नाडाको चुनाव प्रतिस्पर्धात्मक हुने देखिएको छ । यद्यपी, अध्यक्ष कृष्णप्रसाद दुलाल अन्तिम समयसम्म सहमतिकै प्रयास जारी रहने बताउँछन् । प्रयासका बाबजुद सहमति नभएको खण्डमा मंसिर २२ ४५औँ साधारणसभाको उद्घाटन र २३ गते निर्वाचन हुनेछ ।चौधरीको साथमा ठूला घरानाको बाहुल्यताकरण चौधरी सुजुकी नेपालको आधिकारिक बिक्रेता तथा चौधरी समूहको सीजी मोटोकर्पका कार्यकारी निर्देशक हुन् । उनी कर्पोरेट हाउसका व्यवसायी भएकाले उनको पक्षमा खुलेका व्यवसायीहरु पनि अधिकांश ठूला घरानाकै छन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा पुग्ने भर्याङको रुपमा लिईने नाडाको अध्यक्ष बन्न सके महासंघको राजनीति सुरक्षित हुने भएकाले चौधरीले ठूला घरानालाई हातमा लिएका छन् । चौधरीको समूहमा देशव्यापी ‘नेटवर्क’ भएका व्यवसायीहरु देखिन्छन् । टाटा, बजाज, यामाहा, हिरो, होण्डा सहितका ठुला बिक्रेता चौधरीको समूहमा छन् । हिरोका अभिक ज्योति, बजाजका अभिमन्यु गोल्छा, आईएमई मोटर्सका निशान ढकाल करण चौधरीको पक्षमा छन् ।यति मात्रै नभई, नाडाको वर्तमान कार्यसमितका पदाधिकारीहरु महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सुरेन्द्र उप्रेती, प्रकाश कपुरी चौधरी प्यानलबाट चुनाव लड्दै छन् ।ध्रुव थापालाई फोर्ड र लक्ष्मी हुण्डाईको भरोसाध्रुव थापा मोफसलबाट नाडाको नेतृत्व हत्याउने प्रयासमा छन् । कर्पोरेट हाउसको कब्जाबाट नाडालाई निकाल्ने र साना तथा मझौला व्यवसायीको प्रतिनिधित्व सुनिश्चित गर्ने लक्ष्यका साथ चुनावी मैदानमा होमिएको बताउने थापालाई केही ठूला घरानाले पनि भरोसा दिएका छन् ।हुण्डाई गाडीको आधिकारिक बिक्रेता तथा लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ उनको समूहमा छन् । लक्ष्मी ग्रुप उद्योग वाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठको हो । अञ्जन नाडाको अध्यक्ष हुँदै महासंघमा पुगेका हुन् ।नाडाको वर्तमान कार्यसमितिका उपाध्यक्ष तथा फोर्ड मोटर्सका आधिकारिक बिक्रेता आकाश गोल्छा पनि थापाको समूहमा छन् । हिट्को प्रा.लिका अध्यक्ष तथा प्रबन्धनिर्देशक प्रदिपमान प्रधान पनि थापाको पक्षमा खुलेका छन् । टीभीएस मोटर्सका दीपक अग्रवाल पनि ध्रुव थापाको पक्षमा खुल्ने सम्भावना देखिएको छ । नाडाको निर्वाचनमा करिब ३१ सय मतदाताले १७ जनालाई मतदान गर्नेछन् । सुरुमा अध्यक्ष र बाँकी १६ जना सदस्यका रुपमा चयन हुनेछन् । १६ जना सदस्यबाट उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहितका पदाधिकारी चयन हुनेछन् ।

जसपा विभाजन : ३४ भर्सेस १६(यस्तो छ सूची )

जनता समाजवादीको विवादमा निर्वाचन आयोगको फैसलापछि उपेन्द्र यादव पक्षले आधिकारिकता पाएको छ । सोमबार निर्वाचन आयोगको इजलासमा जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा ३४ र महन्थ ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरे । त्यस्तै एक जना रेशम चौधरीले कसैको पक्षमा पनि हस्ताक्षर नगरी तटस्थ बसेका थिए ।कसले कसको पक्षमा हस्ताक्षर गरे ? (महन्थ पक्ष रातो रंगमा)

जसपाका कुन नेता कसको पक्षमा ? (सूचीसहित)

जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा बहुमत पुगेको छ। निर्वाचन आयोगले आधिकारिकता विवाद टुंगो लगाउन साबिकको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि आयोगमा...

ठाकुर पक्षमा मन्त्रीका लागि दौडधूप, क–कसको नाम चर्चामा ?

जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) सरकार सहभागी हुने निश्चित भएपछि अहिले सो दलमा मन्त्री बन्नका लागि दौडधूप सुरु भएको छ । जसपा महन्थ ठाकुर पक्षमा २० जना पूर्वसांसद छन् । वर्तमान सरकारमा गैर सांसद पनि मन्त्री बन्न सकिने भएपछि प्रतिनिधिसभा सदस्य नरहेका नेताहरुको पनि दौडधूप बाक्लिएको छ । शीर्ष नेताको घरदेखि लिएर शक्ति केन्द्रहरुमा उनीहरु धाउन सुरु गरेका हुन् ।जसपा स्रोत अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुर पक्षलाई ८ देखि १० वटा मन्त्रालय दिने बताएका छन् । त्यहीअनुसार अहिले जसपामा