भारतीय राष्ट्रपतिको चुनावमा एनडीए गठबन्धनकी उम्मेदवार द्रौपदी मुर्मू भारी मतका साथ विजयी भएकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार मुर्मूको पक्षमा ५ लाख ७७ हजार ७७७ इलेक्टोरोल भोट आएको छ ।यस्तै पराजित उम्मेदवार यशवन्त सिन्हाको पक्षमा मात्र २ लाख ६१ हजार ६२ मत प्राप्त भएको छ । भारतीय राष्ट्रपति चुनिनका लागि जम्मा ५ लाख ४३ हजार २१६ इलेक्टोरोल भोट चाहिन्छ । दौपदीले जुलाई २५ मा राष्ट्रपतिको शपथ लिने कार्यक्रम रहेको छ। भारतको १५ औं राष्ट्रपति बन्ने मुर्मू पहिलो आदिवासी महिला हुन् ।