ठाकुर पक्षमा मन्त्रीका लागि दौडधूप, क–कसको नाम चर्चामा ?

जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर पक्ष) सरकार सहभागी हुने निश्चित भएपछि अहिले सो दलमा मन्त्री बन्नका लागि दौडधूप सुरु भएको छ । जसपा महन्थ ठाकुर पक्षमा २० जना पूर्वसांसद छन् । वर्तमान सरकारमा गैर सांसद पनि मन्त्री बन्न सकिने भएपछि प्रतिनिधिसभा सदस्य नरहेका नेताहरुको पनि दौडधूप बाक्लिएको छ । शीर्ष नेताको घरदेखि लिएर शक्ति केन्द्रहरुमा उनीहरु धाउन सुरु गरेका हुन् ।जसपा स्रोत अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ठाकुर पक्षलाई ८ देखि १० वटा मन्त्रालय दिने बताएका छन् । त्यहीअनुसार अहिले जसपामा