आसन्न स्थानीय तहको निर्वाचनमा प्रदेश १ को धरान उपमहानगरपालिकामा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । दुवै पक्षले जनमतलाई आफ्नो पक्षमा पार्न जोडबल गरिरहेका छन् ।धरानमा तीन दशकभन्दा लामो समयदेखि वामपन्थीको वर्चश्व रहँदै आएकोमा दुई वर्ष अघि सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा भने नेपाली काँग्रेसले बाजी मारेको थियो । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका किशोर राईले प्रमुख पदमा उम्मेदवारी दिएका छन् भने एमालेले निवर्तमान उपप्रमु