गोरखा - पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा सुरु गरेको छ। ऐतिहासिक महत्त्वको एकीकरण अभियानलाई हर्सोल्लासका साथ मनाउन गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा सुरु गरिएको सेनाले जनाएको छ ।
नेपाली सेनाले गएकाे वर्ष पनि यही बाटो हुँदै काठमाण्डौसम्म पदयात्रा गरेको थियो । आज बिहीवार गोरखा दरबारबाट सुरु हुने यात्रा धादिङ, नुवाकोट हुँदै पृथ्वी जयन्तीको दिन काठमाण्डौ पुग्ने गोरखाकाे रिपुमर्दन गणपति हेमराज विष्टले बताउनुभयो । पदयात्रामा बाजाग...