पृथ्वी जयन्तीकाे अवसरमा गोरखादेखि काठमाण्डौसम्म सेनाकाे पदयात्रा शुरु

गोरखा – पृथ्वी जयन्तीको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाण्डौसम्म पदयात्रा शुरु गरेको छ । ऐतिहासिक महत्वको एकीकरण अभियानलाई हर्षोल्लासका साथ मनाउन गोरखादेखि काठमाण्डौसम्मको ऐतिहासिक पदमार्गमा पदयात्रा शुरु गरिएको सेनाले जनाएको छ ।  नेपाली सेनाले दुई वर्षदेखि यही बाटो हुँदै काठमाण्डौसम्म पदयात्रा गर्दै आएको छ । नेपाली सेनाको मध्यकमाण्ड हेडक्वाटरका कमाण्ड सेनापति उपरथी बाबुराम श्रेष्ठ र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले नेपालको राष्ट्रिय झण्डा र टर्च हस्तान्तरण गरि पदयात्राको शुभारम्भ गर्नुभएको हो ...

सम्बन्धित सामग्री

नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ सुरु

काठमाडौं : नेपाली सेनाले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ। गोरखादरबारबाट शुभारम्भ भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौँस्थित हनुमानढोकासम्म सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।उक्त पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच स्थायी कम्पनीको

नेपाली सेनाको ‘एकीकरण पदयात्रा’ शुभारम्भ

काठमाडौँ – नेपाली सेनाले ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०७९ विविध कार्यक्रमसहित मनाउने सिलसिलामा नेपाल एकीकरणको समयमा विजय अभियानका लागि प्रयोग भएका पदमार्गमा आजदेखि ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ । गोरखादरबारबाट शुभारम्भ भएको पदयात्रा धादिङ, नुवाकोट हुँदै काठमाडौँस्थित हनुमानढोकासम्म सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त पदयात्रामा नेपालको […]

साँगुरीगढीदेखि फेदीसम्म पदयात्रा

धनकुटा : पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा धनकुटास्थित नेपाली सेनाको बरख गण सल्लेरी ब्यारेकले धनकुटाको साँगुरीगढीदेखि धारापानी हुँदै फेदीसम्म बृहत् पदयात्राको आयोजना गरेको छ।धनकुटामा पर्यटन प्रवर्धनका लागि १० किलोमिटर दूरीमा पदयात्रा गरिएको हो। सवारीसाधनको प्रयोगसँगै छोटो दूरीमा समेत पैदल यात्रा गर्न छोडिसकेका वेला मंगलबार धनकुटामा सयौँले पदयात्रा गरेका छन्।धनकुटामा पर्यटन प्रवर्धनलाई लक्षित गरी पर्यटकीय स्थल भेडेटार नजिकैको ऐतिहासिक साँगुरीगढी भञ्ज्याङदेखि फेदीसम्म पदयात्रा गरिएको

पृथ्वीनारायण शाहको सम्झनामा सेनाले पूरा गर्‍यो गोरखादेखि काठमाडौंसम्मको पदयात्रा

काठमाडौं : नेपाली सेनाले पृथ्वीनारायण शाहको सम्झनामा गोरखादेखि काठमाडौंसम्म पदयात्रा गरेको छ। ३००औँ पृथ्वी जयन्तीको अवसरमा सेनाले गोरखा दरबारदेखि हनुमानढोका दरबारसम्म एकीकरण मार्ग हुँदै पदयात्रा पूरा गरेको हो। आज गोरखाबाट आएको सेनाको टोलीलाई हनुमान ढोकामा स्वागत गरिएको छ। नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको सम्झनामा भोलि मंगलवार देशैभर ३००औँ पृथ्वी जयन्ती…

ऐतिहासिक सैनिक पोसाकमा गोरखा दरबारबाट सेनाले किन थाल्यो एकीकरण पदयात्रा ?

नेपाली सेनाको एकीकरण पदयात्रा बुधवारदेखि शुरू भएको छ ।  पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस मनाउने सन्दर्भमा सेनाले गोरखा दरबारदेखि काठमाडौंको हनुमान ढोकासम्म पदयात्रा शुरू गरेको हो ।  गोरखाबाट शुरू भएको पदयात्रा पुस २७ सम्म नेपाल एकीकरणका समयमा गोर्खाली सेनाले प्रयोग गरेको पदमार्गहरू गोरखा, धादिङ, नुवाकोट हुँदै काठमाडौं हनुमान ढोकासम्म सञ्चालन हुने सेनाले जनाएको छ ।  सेनाका अनुसार नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनाको तत्कालीन पुराना पाँच वटा युनिटको झण्डा र टर्चसहित गोरखामा तैनाथ श्री...

राष्ट्रिय एकताको सन्देशसहित सेनाले सुरु गर्‍याे ‘एकीकरण पदयात्रा’

काठमाडौं । नेपाली सेनाले राष्ट्र एकीकरणको स्मरण गर्दै गोरखादेखि काठमाडौंसम्म ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ । सेनाले पुस २७ गते जंगी अड्डामा २९९ औँ ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउँदै छ । सोही सन्दर्भमा गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरु गोरखा देखि धादिङ, नुवाकोट हुँदै काठमाडौं जंगी अड्डासम्म सञ्चालन हुने ‘एकीरण पदयात्रा’ आज (मंगलबार) गोरखा दरबारबाट सुरु भएको सेनाले जनाएको छ । बिभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम, अन्तर्क्रिया तथा प्रवचनको कार्यक्रमहरु समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालिन सैनिक पोशाकमा सोही समयमा खडा भएका नेपालका पहिला पाँचवटा युनिटहरुको निशान झन्डा संलग्न भएको छ । कार्यक्रममा नेपाली सेना लगायत स्थानीय, सरकारी, गैर सरकारी निकायहरु र सर्वसाधारणको समेत सहभागिता रहेको छ । यस प्रकारका कार्यक्रमले नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावनामा अभिबृद्धी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

गोरखा दरबारबाट एकीकरण पदयात्रा शुरु

गोरखा । २९९औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा  आयोजना गरिएको गोरखा, धादिङ, नुवाकोट हुँदै जङ्गीअड्डासम्म सञ्चालन हुने एकीकरण पदयात्रा गोरखा दरबारबाट आज शुरु भएको छ । उक्त पदयात्रा तत्कालीन गोर्खाली सेनाद्वारा विजय अभियानका सन्दर्भमा  प्रयोग भएका पदमार्गमा विभिन्न कार्यक्रम गर्दै अघि बढ्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।पदयात्राका क्रममा साँस्कृतिक कार्यक्रम, अन्तरक्रिया तथा प्रवचनको कार्यक्रम हुनेछ । पदयात्रामा राष्ट्रिय एकताको प्रतीक ने

नेपाली सेनाले गोरखा दरबारबाट शुरू गर्‍यो ‘एकीकरण पदयात्रा’

नेपाली सेनाले गोरखा दरबारदेखि काठमाडौंसम्मको एकीकरण पदयात्रा शुरू गरेको छ ।  ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ विविध कार्यक्रमहरूसहित मंगलवारबाट पदयात्रा शुरू गरेको सेनाले जनाएको छ ।  पृथ्वीनारायण शाहले नेपाल एकीकरणका दौरान प्रयोग गरेको बाटोमा सेनाले पदयात्रा शुरू गरेको छ ।

गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले थाल्यो पदयात्रा

२१ पुस, गोरखा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । मंगलबार गोरखा दरबारको हनुमान भञ्ज्याङबाट यात्रा सुरु भएको हो । सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च र नेपाली सेनाका प्रथम पााच कम्पनी (श्रीनाथ, […]

पृथ्वी जयन्तीमा नेपाली सेनाले ‘एकीकरण पदयात्रा’ गर्दै

नेपाली सेनाले ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’को अवसरमा ‘एकीकरण पदयात्रा’ गर्ने भएको छ । दिवसलाई विविध कार्यक्रमसहित मनाउने क्रममा सेनाले पदयात्रा गर्न लागेको हो । गोरखादेखि काठमाडौंसम्म विजय अभियानको दौरान तत्कालीन गोर्खाली सेनाले प्रयोग भएका मार्गहरू समेटी सञ्चालन गर्न लागिएको ‘एकीकरण पदयात्रा’ मंगलवार बिहान शुरू हुने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिएका छन् ।  नेपाल एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको सम्झनामा सेनाले पृथ्वी जयन्तीमा विविध कार्यक्रम गर्...