सिन्धुली । सिन्धुलीमा नेपाली सेनाले सुरू गरेकाे हरिहरपुरगढीदेखि-सिन्धुलीगढीसम्मको पदयात्रा सम्पन्न भएकाे छ । सेनाको बर्दबहादुर गणले गत फागुन २६ गते सुरु गरेको हरिहरपुरगढी किल्लादेखि सिन्धुलीगढी किल्लासम्मको पदयात्रा सिन्धुलीगढीमा सम्पन्न गरिएको हो । सेनाले हरिहपुरगढी गाउँपालिका-१ मा पर्ने हरिहरपुरगढी किल्लादेखि कमलामाई नगरपालिका-३ मा पर्ने ऐतिहासिक सिन्धुलीगढीसम्मको ७२ किलोमिटर लामो दूरीको एकीकरण पदयात्रा गरेको थियो । सेनाको […]