नेपाली सेनाले दोस्रो ऐतिहासिक गोरखा-जितगढी पदयात्रा गर्ने

१५ चैत, गोरखा । नेपाली सेनाले ‘दोस्रो ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदयात्रा’ सुरू गर्ने भएको छ । स्थानीय तहहरुको समन्वयमा यही चैत्र २७ गतेबाट पदयात्रा शुरु गर्न लागिएको रिपुमर्दन गणले जनाएको छ । गोरखाबाट शुरु हुने पदयात्रा तनहुँ, पाल्पा हुदैँ जितगढी पुगेर समापन हुने गणपति अशोक कुमार क्षेत्रीले बताए । उनका अनुसार यात्रामा अधिकृतको कमाण्डमा ४८ […]

सम्बन्धित सामग्री

एकीकरण पदयात्रामा नेपाली सेना

नेपाली सेनाले एकीकरण पदयात्रा सुरु गरेको छ । शनिबार बिहान यात्रामा निस्केका सैनिक टोलीलाई बिदाइ गरिएको छ । नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोषबल्लभ पौडेल र गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानाले टर्च दिएर टोलीलाई बिदाइ गर्नुभएको हो ।

गोरखा–काठमाण्डौं पदयात्राका नाममा के गर्दैछ नेपाली सेना ?

राज्य विस्तारका क्रममा तत्कालिन राजा पृथ्वी नारायण शाहले यात्रा गरेको बाटो हुँदै नेपाली सेनाले पदयात्रा सुरू गरेको छ। बिहीबार बिहान गोरखा दरबारमा कार्यक्रम गरेर सेनाले पदयात्रा सुरू गरेको हो। सेनाको पश्चिम पृतना ...

राष्ट्रिय एकताको सन्देशसहित सेनाले सुरु गर्‍याे ‘एकीकरण पदयात्रा’

काठमाडौं । नेपाली सेनाले राष्ट्र एकीकरणको स्मरण गर्दै गोरखादेखि काठमाडौंसम्म ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ । सेनाले पुस २७ गते जंगी अड्डामा २९९ औँ ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउँदै छ । सोही सन्दर्भमा गोर्खाली सेनाद्वारा विजय अभियानको लागि प्रयोग भएका पदमार्गहरु गोरखा देखि धादिङ, नुवाकोट हुँदै काठमाडौं जंगी अड्डासम्म सञ्चालन हुने ‘एकीरण पदयात्रा’ आज (मंगलबार) गोरखा दरबारबाट सुरु भएको सेनाले जनाएको छ । बिभिन्न स्थानहरुमा सांस्कृतिक कार्यक्रम, अन्तर्क्रिया तथा प्रवचनको कार्यक्रमहरु समावेश रहने उक्त पदयात्राको दौरान राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै पृथ्वीनारायण शाहकालिन सैनिक पोशाकमा सोही समयमा खडा भएका नेपालका पहिला पाँचवटा युनिटहरुको निशान झन्डा संलग्न भएको छ । कार्यक्रममा नेपाली सेना लगायत स्थानीय, सरकारी, गैर सरकारी निकायहरु र सर्वसाधारणको समेत सहभागिता रहेको छ । यस प्रकारका कार्यक्रमले नेपालको इतिहासको जगेर्ना गर्दै राष्ट्रिय एकताको भावनामा अभिबृद्धी हुने विश्वास नेपाली सेनाले लिएको छ ।

एकीकरण पदयात्रामा यसरी निस्कियो नेपाली सेना (तस्बिरसहित)

नेपाली सेनाले यस वर्ष पनि एकीकरण पदयात्रा गरेको छ । नेपाल एकीकरणको उद्गमस्थल गोरखाबाट काठमाण्डौसम्म हिडेको टोलीलाई मंगलबार बिहान गोरखाबाट बिदाइ गरिएको छ ।‘इतिहासको रक्षा गर्दै, सम्पूर्ण नेपालीलाई एक गराउन हामीले एकिकरण पदयात्राको अवधारणा ल्याएका हौं,’ नेपाली सेनाको पश्चिम क्षेत्रका पृतना पति बिनयबिक्रम राणाले भन्नुभयो, ‘यसले एेहितासिक पर्यटनको संभावना उजागर गरेको छ ।’ तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर एकीकरण पदमार्ग निर्माण गरिएको छ । पुस २७ गते सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन काठमाण्डौं पुग्ने टोलीलाई मंगलबार गोरखा दरबार परिसरमा रहेको हनुमान चौतारीमा एक कार्यक्रम गरी बिदाइ गरिएको छ ।

एकिकरण पदयात्रामा यसरी निस्कियो नेपाली सेना (तस्बिर सहित)

नेपाली सेनाले यस वर्ष पनि एकिकरण पदयात्रा गरेको छ । नेपाल एकिकरणको उद्गम स्थल गोरखाबाट काठमाण्डौसम्म हिडेको टोलीलाई मंगलबार बिहान गोरखाबाट गरिएको छ ।‘इतिहासको रक्षा गर्दै, सम्पूर्ण नेपालीलाई एक गराउन हामीले एकिकरण पदयात्राको अवधारणा ल्याएका हौं,’ नेपाली सेनाको पश्चिम क्षेत्रका पृतना पति बिनयबिक्रम राणाले भन्नुभयो, ‘यसले एहितासिक पर्यटनको संभावना समेत उजागर गरेको छ ।’ तत्कालिन राजा पृथ्वीनारायण शाहले राज्य एकिकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर एकिकरण पदमार्ग निर्माण निर्माण गरिएको छ । पुस २७ गते सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन काठमाण्डौं पुग्ने टोलीलाई मंगलबार गोरखा दरबार परिसरमा रहेको हनुमान चौतारीमा एक कार्यक्रम गरी बिदाई गरिएको छ ।