निवर्तमान सरकारले संसद विघटन गरी निर्वाचनको घोषणा गरेपछि पुनःस्थापनाको माग गर्दै आन्दोलन गरेका दलहरुको गठबन्धन सरकारले संसदलाई काम दिन सकेन । संसदमा शून्य समय मात्रै चलिरहेका बेला संसद अधिवेशन अन्त्यको सिफारिश गरिएको छ । संसद विघटन गरी निर्वाचनमा जाने निर्णय प्रतिगमन भएको भन्दै सर्वोच्चमा हालिएकोमुद्दा, सर्वोच्चको परमादेशपछि पुनःस्थापित भएको संसदको औचित्य सरकारले सावित गर्न सकेन …