काठमाडौं । जनता समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतोले संसद पुनःस्थापना गरेर अहिलेको समस्या समाधान नहुने बताएका छन् । संसद पुनःस्थापना वा चुनाव जे भएपनि फेरि प्रतिगमन हुने तर्क गर्दै समस्याको स्थायी समाधान खोज्नुपर्ने उनले बताए । संसद पुनःस्थापना र मध्यावधि चुनाव दुवै सम्भ्रान्तहरुको स्वार्थ रक्षाको एजेन्डा भएको उनको भनाई छ । ‘संसद पुनःस्थापनाले अहिलेको समस्या समाधान हुँदैन, यसले सम्भ्रान्तहरुको मात्र स्वार्थ रक्षा गर्छ’ राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘स्