नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारी व्यक्ति नभई संस्था भएकाले आलोचना गर्न पाइने बताएका छन् ।
भण्डारीले राष्ट्रपति संस्थाको मर्यादा र गरिमा राख्न नसकेकाले संसद पुनःस्थापना भएपछि उनलाई घर पठाउने चेतावनी उनले दिए ।
बिहीवार विराटनगरमा आयोजित कार्यक्रममा थापाले राष्ट्रपति संस्थाविरुद्ध बोल्दा राजद्रोहको मुद्दा लाग्ने भए आफूलाई पनि लगाउन चुनौती दिएका हुन् ।
‘आज रामकुमारीले राष्ट्रपतिविरुद्ध बोल्यो भनेर राज्यद्रोहको मुद्दा लगाइएको छ । नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी संस्...