अब ट्राफिक प्रहरीले काटेको चिट एसएमएसबाटै हेर्न मिल्ने

के तपाई ट्राफिक प्रहरीको कारबाहीमा पर्नुभयो  ? र तपाई सवारीको कागजात ट्राफिक प्रहरीले  कहाँ राखेको छ भनेर चिन्तित हुनुहुन्छ ? अब चिन्ता मान्नु पर्दैन । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले डकुमेन्ट ट्रयाकिङ सिष्टम (डीटीएस) सक्रिय बनाएको छ । उक्त डीटीएस प्रणालीबाट जोसुकैले काठमाडौं उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)बाट ट्राफिक कारबाहीमा खिचिएको कागजातपत्र...

सम्बन्धित सामग्री

अबदेखि लाइसेन्स बोकिरहन नपर्ने, ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने

ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सवारी नियम उल्लङ्घन गर्ने चालकलाई ‘ई–चलान’ (डिजिटल चिट) दिने र तत्कालै नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो । सवारी नियम उल्लङ्घनमा ट्राफिक […]

सिंहदरबार गेटअगाडि चिट काट्न व्यस्त ट्राफिक प्रहरी (फोटो फिचर)

भद्रकालीबाट सिंहदरबारतर्फ जाँदा सडक लेन क्रस गर्ने मोटरसाइकल चालकहरूलाई सिंहदरबार गेटअगाडि रोकेर चिट काट्दै ट्राफिक प्रहरीहरू । यहाँ ट्राफिक प्रहरीले अन्य क्षेत्रमा भन्दा  बढी चिट काट्छन् । यहाँ ट्राफिक प्रहरीले दिनमै १०० भन्दा बढी चिट काट्छन् । हेर्नुहोस्, शिलापत्रकर्मीले कैद गरेका तस्वीरहरू:

सिंहदरबार गेटअगाडि चिट काट्न व्यस्त ट्राफिक प्रहरी (फोटो फिचर)

भद्रकालीबाट सिंहदरबारतर्फ जाँदा सडक लेन क्रस गर्ने मोटरसाइकल चालकहरूलाई सिंहदरबार गेटअगाडि रोकेर चिट काट्दै ट्राफिक प्रहरीहरू । यहाँ ट्राफिक प्रहरीले अन्य क्षेत्रमा भन्दा  बढी चिट काट्छन् । यहाँ ट्राफिक प्रहरीले दिनमै १०० भन्दा बढी चिट काट्छन् । हेर्नुहोस्, शिलापत्रकर्मीले कैद गरेका तस्वीरहरू:

राइड सेयरिङका चालकले बाइकमा मोबाइल राखे २० हजारसम्म जरिवाना

ट्राफिक प्रहरीले पठाओ लगायतका राइड सेयरिङ कम्पनीका राइडरहरुले मोटरसाइकलको अगाडी ह्याण्डिलमा मोबाइल राख्नका लागि प्रयोग गरेका स्ट्याण्डहरु राख्न बन्देज लगाउने अभियान सुरु गरेको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कम्पनीबाट मोटरसाइकल बनेर आउँदा बाहेकका सामान जडान गर्नु स्वतः स्वरुप परिवर्तन (मोडिफाई) मानिने भएकाले कारबाही सुरु गरिएको जनाएको छ ।‘ब्लु बुकको पछाडी पानामै लेखेको हुन्छ, हामीले यसअघि पनि सम्झाई बुझाई पनि गरेका हौँ’ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले भने, ‘सम्झाई बुझाई गर्दा खासै कमी आएन, त्यसपछि जरिवाना नै गर्न सुरु गरेका हौँ ।’उनका अनुसार न्यूनतम ५ सयदेखि २ हजारसम्म ठाउँको ठाउँ चिट काटेर जरिवाना गराउन सकिने र यसबाहेक आवश्यकताका आधारमा यातायातमै पठाउने सम्मको कारबाही हुनेछ ।‘हामीले ५ सयदेखि २ हजारसम्मको चीट् काट्ने हो, प्रकृति हेरेर यातायात पनि पठाउन सकिन्छ’  उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता भट्टले थपे, ‘यातायात पठाउँदा यातायातले ऐन अनुसार ५ हजारदेखि २० हजारसम्म जरिवाना लगाउन सक्छ ।’उनले पठाओ वा अरु कुनै राइड सेयरिङ कम्पनी लक्षित र विशेष अभियान नभई यो नियमित काम नै भएको बताए ।‘ह्याण्डिलमै स्ट्यान्ड राखेर मोबाइल राख्दा एउटा हातले मोबाइल चलाएर एउटा हातले मात्रै मोटरसाइकल हाँकेको पाईयो, यसले दुर्घटनाको जोखिम बढ्न सक्छ भनेर सम्भावित जोखिमलाई टार्नका लागि यसो गरिएको हो’ उनले थपे, ‘कुन राइड सेयरिङले त्यसरी राख्छन्, कुन कम्पनीले त्यसरी राख्छन्, राखेका छन् भन्नेसँग त हाम्रो सरोकार नै भएन नि ।’ उनले अझै आफूहरुले दुई तीन दिन सम्झाउने बताएका छन् ।ट्राफिक प्रहरीको यस्तो अभियानले राइड सेयरिङ सेवामा कस्तो असर पर्छ भन्ने विषयमा पठाओ नेपालका कन्ट्री डाइरेक्टर अशिम मान सिंह बस्नेतसँग सम्पर्क गर्दा उनको फोन उठेन ।

‘ट्राफिक जरिवना तिरेपछि तत्काल कागजपत्र लिन पाइने’

ट्राफिक प्रहरीले ट्राफिक जरिवनामा परेका चालकलाई जरिवना तिरेर तत्काल कागजपत्र लिन पाइने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित कार्यक्रममा ‘पे फाइन अन द स्पोर्ट, इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ को महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शुभारम्भ गर्नुभयो । सो अवसरमा उहाँले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको भन्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्तान गरी कागजात फिर्ता लिने प्रणालीको सुरुआत गरिएको बताउनुभयो ।

ट्राफिक जरिवना तिरेपछि तत्काल कागजपत्र लिन पाइने

ट्राफिक प्रहरीले ट्राफिक जरिवनामा परेका चालकलाई जरिवना तिरेर तत्काल कागजपत्र लिन पाइने व्यवस्था गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा आज आयोजित कार्यक्रममा ‘पे फाइन अन द स्पोर्ट, इन्स्ट्यान्ट पेमेन्ट सिस्टम’ को महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले शुभारम्भ गरे।सो अवसरमा उनले ट्राफिक सेवा आधुनिक तथा प्रविधियुक्त हुँदै गएको भन्दै अबदेखि चिट काटेपछि जरिवाना तिरेर ट्राफिक कार्यालयमा गई कागजात फिर्ता लिने व्यवस्थामा परिमार्जन गरी थप सहज बनाउन जरिवाना रकम तत्काल भुक्

अब मोबाइलबाटै ट्राफिक जरिमाना भुक्तानी गर्न सकिने

ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिमानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिमाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो । महाशाखाले आज बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्नेगरी सफ्टवेयर विकाससमेत गरेको छ । डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लंघन गर्ने चालकलाई क्यूआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लंघनकर्ताले सोही क्यूआ...

हेर्नुस् झ्याप्प समात्दै, धुँवा जाँच्दै :: Pahilopost.com

काठमाडौं : न्युरोड गेट नजिकैको सैनिक अस्पतालअगाडि आज ट्राफिक प्रहरीले अप्रत्यासित रुपमा गाडीबाट निस्कने धुँवाको परीक्षण गर्‍यो। ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको संयुक्त टोलीले गाडीहरु झ्याप्प रोक्दै धुँवा परीक्षण गरेको थियो। प्रदुषण मापदण्ड तोकेभन्दा बढी देखिएका सवारीलाई चिट काट्दै जरिवाना गराएको थियो। हेर्नुस् व्यस्त सडकमै चलेको परीक्षण