कृषक एवं दुग्ध सहकारी संस्थाले दूध ढुवानीका लागि उपलव्ध हुने प्रतीक चिह्न (लोगो) सहज हुने सरोकारावालाले बताएका छन् ।बन्द, हड्ताल, बन्दाबन्दीलगायतको अवस्थामा दूध ढुवानी अत्यावश्यक वस्तुमा परेपनि विभिन्न बहानामा रोकावट भइरहेकोमा लोगोको प्रयोगबाट समस्या निराकरण हुने विचार सरोकारवालाले व्यक्त गरेका छन् । अनावश्यक रोकावटका कारण दूधमा निकै क्षति हुनाले राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी […]
राष्ट्रिय दुग्ध विकास बोर्डले दूध ढुवानी गर्ने गाडीलाई कसैले रोक्न नसक्ने गरी पहिचानका लागि प्रतीक चिह्न (लोगो) तयार गरी ढुवानी साधनमा प्रगोग गर्न सुरु गरेको छ ।
निर्बाध रूपमा चल्न दिने भनी सरकारले प्रदान गरेको प्रतीक चिह्न (लोगो) अङ्कित दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीलाई प्रहरीले रोकेको छ । दूध तथा दुग्धजन्य पदार्थ बोक्ने गाडीलाई बन्द, हडताल, निषेधाज्ञालगायत आपत्कालीन समयमा पनि निर्बाध चल्न दिने भनी सरकारले केही दिनदेखि सो लोगो वितरण गर्दै आएको छ ।
४ असार,काठमाडौं । दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो निजी क्षेत्रका दुग्ध उत्पादकहरुलाई वितरण गर्न थालिएको छ । दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग गरिने त्यस्ता लोगोपछि सवारी साधनले सडकमा एम्बुलेन्ससरह सुविधा पाउने छन् । शुक्रबार राष्ट्रिय दुग्ध विकास बोर्डले काभ्रेको हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टरलाई यस्तो लोगो प्रदान […]
राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थको ढुवानी गर्ने सवारी साधनलाई प्रतिक चिन्ह(लोगो) प्रदान गर्न सुरु गरेको छ । दुग्धजन्य पदार्थको ढुवानीको क्रममा सवारी साधनलाई रोक्ने तथा अवरोध गर्ने भएपछि यसबाट बच्नको लागि राष्ट्रिय दुग्ध विकास बोर्डले दुग्धजन्य पदार्थ बोकेको सवारी साधनलाई अत्यावश्यक मान्दै लोगोमार्फत सहजरुपमा आवतजावत गर्न सकिने अवधारणा अनुरुप सरकारी तथा निजी […]
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ लागू गरेको छ ।
कृषि मन्त्रालयले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्ने निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सो लागोको फागुन १२ गते अनावरण गर्नुभएको थियो । बोर्डले कार्यविधि लागू गरेपछि लोगो प्रयोगमा आउने भएको बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले जानकारी दिनुभयो ।
सरकारले एम्बुलेन्सजस्तै दूध ढुवानी गर्ने गाडीलाई निर्बाध रूपमा चलाउन छुट्टै पहिचान चिह्न (लोगो) प्रदान गर्ने भएको छ। यसरी दूध ढुवानी गर्ने गाडीलाई छुट्टै लोगो प्रदान गर्ने पहिलो देश नेपाल हुनेछ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुग्...