रोकिए लोगो लिएका दुग्ध पदार्थका गाडी

निर्बाध रूपमा चल्न दिने भनी सरकारले प्रदान गरेको प्रतीक चिह्न (लोगो) अङ्कित दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने गाडीलाई प्रहरीले रोकेको छ । दूध तथा दुग्धजन्य पदार्थ बोक्ने गाडीलाई बन्द, हडताल, निषेधाज्ञालगायत आपत्कालीन समयमा पनि निर्बाध चल्न दिने भनी सरकारले केही दिनदेखि सो लोगो वितरण गर्दै आएको छ ।

सम्बन्धित सामग्री

बन्दकर्ताले दूध ढुवानीका साधनमा क्षति पुर्‍याएकोमा दु:ख व्यक्त

फागुन १६, काठमाडौं । नेपाल डेरी एशोसिएशनले दुग्ध क्षेत्र अति आवश्यक वस्तुको सूचिमा रहेको भन्दै यसपटक गाडी तोडफोड एवं ढुवानीमा समेत अवरोध सृजना भएकोमा दुःख व्यक्त गरेको छ । एशोसिएशनले सोमवार विज्ञप्ति जारी गर्दै बिगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकतोक ढुवानी भइरहेकोमा यसपटक एमसीसी पास भएको विरोधमा आठ ओटा राजनीतिक दलले गरेको बन्दमा काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दूध ढुवानीमा गरी काठमाडौंको सुकेधारामा आउँदा बिहान ६ बजे तोडफोड गरिएको उल्लेख गरेको छ ।  विज्ञप्तिमा राज्यले उच्च महत्वका साथ दूध तथा दुग्ध पदार्थ ढुवानीलाई एम्बुलेन्स सरह मान्यता दिएको उल्लेख गर्दै  राज्यले नीति नियम बनाउने तर गरिने व्यवहारमा चाहीं त्यो अनुसार नगरिनाले अत्यन्तै समस्या पर्न गएको उल्लेख छ ।  साथै विज्ञप्तिमा तत्कालीन प्रधानमन्त्री केपि शर्मा ओलीको पालामा आम सरोकारवालाहरुले धेरै अगाडिबाट उठाएको विषय दूध तथा दुग्ध पदार्थ ढुवानीमा सहजता हुनुपर्ने कुराको महत्व बुझि ढुवानीलाई बन्द, हडताल, नाकाबन्दी, लकडाउन जस्ता समयमा सहज होस् भनि राष्ट्रिय दुग्ध विकासको नेतृत्वमा  प्रतीक चिन्ह ( लोगो ) निर्माण भइ  प्रयोगमा समेत ल्याइएको अवस्थामा यसरी तोडफोड हुने परिस्थिति सृजना हुनु सम्बन्धित बन्दकर्ता राजनीतिक दलका लागि पनि शोभनीय नहुनु पर्ने हो भनिएको छ ।  उसले बन्द हडतालमा अब आइन्दा अत्यावश्यक बस्तु बोक्ने कुनै पनि सवारी साधनमाथि तोडफोड नगर्न र सोमवार तोडफोड गरिएको गाडीको क्षतिपूर्ति दिन समेत सम्बन्धित बन्दकर्ता राजनीतिक दललाई अनुरोध गरेको छ ।

हिमालयन डेरीलाई एम्बुलेन्स सरह सुविधा पाउने ढुवानी लोगो प्रदान

काभ्रे : पनौती नगरपालिका–२ कुशादेवीस्थित हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टर प्रालिलाई दुध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो प्रदान गरिएको छ। यस्ता लोगो भएका गाडीले सडकमा एम्बुलेन्ससरह सुविधा पाउने छन्।पनौती उद्योग वाणिज्य संघ, नेपाल डेरी एसोसिएसन र पनौती नगरपालिकाको कृषि तथा पशुपंछी शाखाले एक कार्यक्रमबीच नगरप्रमुख भिम न्यौपानेले हिमालयन डेरीका सञ्चालक रवीन्द्र हुँमागाईलाई लु १ क ३२३९ नम्बरको ट्यांकरमा प्रयोग गर्ने गरी लोगो हस्तान्तरण गरेका हुन्। उक्त लागो पाउने

डेरी उद्योगलाई छुट्टै पहिचान दिने ‘लोगो’ प्रदान

काठमाडौं। दुग्ध पदार्थ कारोबार गर्ने डेरीलाई पहिलोपटक लोगो प्रदान गरिएको छ। दुग्धजन्य पदार्थको कारोबार गर्ने डेरीहरुलाई उनीहरुको छुट्टै पहिचान बन्ने गरी लोगो प्रदान गरिएको हो। यसक्रममा पहिलोपटक हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टर (काभ्रे)ले लोगो लिएको छ। डेरीलाई राष्ट्रिय दुग्ध विकास बोर्डले उक्त डेरीलाई लोगो प्रदान गरेको हो।

निजी डेरीले पनि पाए एम्बुलेन्स सरह सुविधा पाउने ढुवानी लोगो

४ असार,काठमाडौं । दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो निजी क्षेत्रका दुग्ध उत्पादकहरुलाई वितरण गर्न थालिएको छ । दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग गरिने त्यस्ता लोगोपछि सवारी साधनले सडकमा एम्बुलेन्ससरह सुविधा पाउने छन् । शुक्रबार राष्ट्रिय दुग्ध विकास बोर्डले काभ्रेको हिमालयन डेरी एण्ड एग्रो भेट रिसर्च सेन्टरलाई यस्तो लोगो प्रदान […]

दूध ढुवानी गर्ने गाडीलाई प्रतीक चिह्न

राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीलाई प्रतीक चिह्न (लोगो) प्रदान गरेको छ ।

कृषि उपजलाई प्रोत्साहन (सम्पादकीय)

सरकारले कृषक, कृषिकर्म र कृषि उपजको सुरक्षा तथा सम्मानका लागि विभिन्न कार्यक्रम लागू गरेको छ । कृषक परिचयपत्र, पशु तथा बाली बीमा, उत्पादन तथा ढुवानीमा विशेष व्यवस्था गरिएको छ । गत वर्ष गरिएको बन्दाबन्दीमा पनि सरकारले दुग्ध पदार्थ र उत्पादनको ढुवानी तथा बिक्री वितरणलाई निर्वाध बनाएको थियो । दुग्ध पदार्थको ओसार पसारमा हुँदै आएको समस्या दृष्टिगत गर्दै सरकारले हालै दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्ने निर्णय गरेको छ । यसबाट यस्ता साधनले एम्बुलेन्स सरहकै सुविधामा आपूर्ति तथा ढुवानी गर्नसक्ने छन् । बन्द, हडताल तथा प्राकृतिक विपद्का बेला यस्ता चिह्न अङ्कित सवारीलाई निर्वाध सञ्चालनको वातावरण मिल्नेछ । राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रतीक चिह्न (लोगो) प्रयोग गर्नेसम्बन्धी कार्यविधि, २०७७ लागू गरेपछि यस्तो सहजता मिल्ने देखिएको छ । कृषि तथा सहकारी मन्त्रालयले तय गरेको दूध तथा दुग्ध पदार्थ ढुवानी गर्ने सवारी साधनमा प्रयोग गर्ने प्रतीक प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन १२ मा अनावरण गर्नुभएको थियो ।