सेजन र आईआईडीएसबीच समझदारी

नेपाल आर्थिक पत्रकार समाज (सेजन) सर्वाङ्गीण विकास अध्ययन केन्द्र(आईआईडीएस) बीच आर्थिक अनुसन्धान तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको भएको छ ।आईआईडीएसको ४४ औं वार्षिकोत्सको अवसरमा राखिएको समारोहमा बिहीबार सेजन अध्यक्ष जनार्दन बराल र आईआईडीएसका कार्यकारी निर्देशक विश्वास गौचनले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्बन्धित सामग्री

सेजन सदस्यको १६ करोड रुपैयाँबराबरको स्वास्थ्य बिमा

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बिमा गरेको छ । सेजनले हिमालयन एभरेस्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँबराबरको स्वास्थ्य बिमा गरेको हो । बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेस्ट इन्स्योरेन्सका...

सेजन नयाँ कार्यसमितिलाई नेपाल उद्योग परिसङ्घको बधाई

काठमाडौँ– नेपाल उद्योग परिसङ्घले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामनासहित अर्थतन्त्रका विषयमा छलफल गरेको छ ।  बिहीबार परिसंघ सचिवालयमा आयोजित बधाई कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेश कुमार अग्रवालले सेजन अध्यक्ष सुजन ओलीसहित कार्यसमिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।  सो अवसरमा उनले मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका […]

सेजन पूर्वअध्यक्ष सापकोटाको सेयर बजारसम्बन्धी उपन्यास 'सेयरपुर' सार्वजनिक

काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज ( सेजन)का पूर्वअध्यक्ष नारायणप्रसाद सापकोटाद्वारा लिखित सेयर बजारसम्बन्धी उपन्यास ‘सेयरपुर’ सार्वजनिक गरिएको छ । बिहीवार सेजनद्वारा आयोजित `सेयरपुर´ पुस्तक माथिको विमर्श कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल, सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानसहित सेजनका वर्तमान तथा पूर्वअध्यक्षहरूद्वारा उपन्यासको विमोचन गरिएको हो । पुस्तक माथिको छलफलमा धितोपत्र बोर्डका अध्यक्ष हमालले पुस्तकले सेयर बजारमा लगानी गर्नको लागि प्रोत्साहित गरेको बताए ।  नेपालमा पूँजी बजार क्रमशः विस्तार हुँदै गएको हमालको भनाइ थियो ।  सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले आर्थिक पत्रकारहरूले सेयरमा लगानी गर्दा स्वनियमनमा बस्न सक्नु पर्ने बताए । पत्रकारले आफू किन्ने बेला बजार घटाउने, बेच्ने बेला बढाउने खालका समाचार लेख्न नहुने उनको भनाइ थियो ।  'नयाँ स्टकलाई लाइसेन्स दिन, नयाँ ब्रोकर आउनु राम्रो भए पनि नयाँ कम्पनी आउँदा पारदर्शिता हुनु पर्छ,' उनले भने ।  पुस्तकमाथि समालोचना गर्दै सेजन पूर्वअध्यक्ष विज्ञानविभु अधिकारीले लेखक सापकोटाले जटिल विषयलाई सरल भाषामा उपन्यास लेखिएको बताए । पुस्तकमा सेयर बजारमा लगानी गर्दा भएको सफलता असफलता र पुन लगानी गर्ने हुटहुटी लगायतका विषयमा उपन्यासका पात्र रमेश र पदम लगायतबाट छ, उनले भने । पुस्तक र लेखकका विषयमा सेजन पूर्व अध्यक्षहरू प्रदिप चापागाईं, गोकर्ण अवस्थी, निवर्तमान अध्यक्ष भीमप्रसाद गौतमले आफ्नो धारणा राखेका थिए । सेजन अध्यक्ष जनार्दन बरालले लेखक सापकोटाले नेपाली पाठक र लगानीकर्ताहरुलाई पठनीय पुस्तक दिएको बताए । उपन्यासका लेखक सापकोटाले सेयर बजारको सन्दर्भमा सरल भाषामा सेयरपुर पुस्तक लेखिएकाले पाठकहरुलाई सेयर बजारबारे बुझ्न थप सहज हुने बताए । 'सबै नेपालीले प्राथमिकता दिएर सेयर बजारबारे बुझ्नुका साथै लगानी गर्नु पर्छ,' उनले भने ।  हाल अमेरिकामा रहेका सेयर लगानीकर्ता सापकोटाले बोर्ड अध्यक्ष हमाललाई गैर आवासीय नेपाली (एनआरएन) लाई सेयर बजार निश्चित क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा खुला गर्नुका साथै एनआरएनलाई बजारमा लगानी गर्न सहजीकरण गर्न आग्रह समेत गरे । सेयरपुर उपन्यासको मूल्य ५०० रुपैयाँ र विदेशमा १० डलर रहेको छ । उपन्यास ३९ अध्यायमा विभाजित रहेको छ ।

सेजन अवार्डबाट पत्रकार पुरस्कृत

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले हरेक वर्ष प्रदान गर्ने सेजन अवार्डमा यसवर्ष विभिन्न विधाका पत्रकारहरू सम्मानित भएका छन्।...

आर्थिक कानुनसम्बन्धी क्षमता अभिवृद्धि गर्न सेजन र नेपाल बार एसोसिएसनबीच सम्झौता

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल बार एसोसिएसनबीच आर्थिक पत्रकारहरूलाई आर्थिक तथा व्यवसायिक कानूनसम्बन्धी क्षमता अभिवृद्धि गर्नेबारे समझदारी भएको छ । बुधबार नेपाल बार एसोसिएसनको कार्यालय रामशाह पथमा एक कार्यक्रमका बीच दुई पक्षबीच सम्झौता गरिएको हो ।सम्झौतामा बारको तर्फबाट महासचिव अन्जिता खनाल र सेजनको तर्फबाट महासचिव भागवत भट्टराईले हस्ताक्षर गरेका छन् ।आर्थिक तथा व्यावसायिक […]

आर्थिक पत्रकार समाज (सेजन)मा नयाँ नेतृत्व, अध्यक्षमा बराल निर्वाचित

काठमाडौं, भदौं १९ । नेपाल आर्थिक पत्रकार समाजको अध्यक्षमा जनार्दन बराल निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनबाट बराल अध्यक्षमा चुनिँदा उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल तथा कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित हुनुभएको छ । सदस्यहरुमा इशारा कोइराला, अच्युत पुरी, सिबी अधिकारी, सोभित थपलिया र अमर बडुवाल निर्वाचित भएका छन् ।

सेजन अध्यक्षमा बराल निर्वाचित

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को आज सम्पन्न निर्वाचनबाट अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । उनले कूल खसेको २४३ मतमध्ये ११४ मत प्राप्त गरे । निर्वाचन समितिका संयोजक सुरेश आचार्यका अनुसार उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी सापकोटा निर्वाचित भएका छन् । सदस्यमा  चेतबहादुर अधिकारी(सिबी), अच्यूत पुरी, अमर बड्वाल, इशारा कोइराला र शोभित थपलिया निर्वाचित भएका छन् । यसअघि आजै सम्पन्न बन्दसत्रले महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित गरेको थियो ।

सेजन अध्यक्षमा नयाँ पत्रिकाकर्मी बराल निर्वाचित

नेपाल आर्थिक पत्रकार समाज (सेजन)को  अध्यक्षमा नयाँ पत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख जनार्दन बराल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनबाट एक सय १४ मत सहित बराल अध्यक्षमा निर्वाचित भएका...

सेजन अध्यक्षमा बराल

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमिति अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन् । बराल ११४ मतका साथ विजयी भएका हुन् । यस्तै निकटतम प्रत्यासी आशिष ज्ञवालीले ८० र अर्का प्रत्यासी शिरोमणि ढुंगानाले ४८ मत प्राप्त गरे ।सेजनको नयाँ कार्यसमिति उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मीकुमारी सापकोटा विजयी भएका छन् । यसैगरी कार्यसमितिका ५ सदस्यमा शोभित थपलिया, अच्युत पुरी, इशारा कोइराला, अमर बडुवाल र सिबी अधिकारी विजयी भए ।शुक्रबार भएको नि

सेजन नेतृत्वका लागि उम्मेदवारको मनोनयन, अध्यक्षमा तीन जनाको उम्मेद्वारी

आर्थिक पत्रकारको छाता सङ्गठन आर्थिक पत्रकार समाज (सेजन) को नयाँ नेतृत्वका लागि आकाङ्क्षी पत्रकार चुनावी प्रतिस्पर्धामा दौडधूप गरिरहेका छन् ।