सेजन सदस्यको १६ करोड रुपैयाँबराबरको स्वास्थ्य बिमा
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले संस्थामा आबद्ध सदस्यहरूको स्वास्थ्य बिमा गरेको छ । सेजनले हिमालयन एभरेस्ट इन्स्योरेन्समा १५ करोड ९६ लाख रुपैयाँबराबरको स्वास्थ्य बिमा गरेको हो ।
बिहीबार एक कार्यक्रमबीच हिमालयन एभरेस्ट इन्स्योरेन्सका...
जगदुल्ला गाउँपालिका डोल्पाले सबै घर परिवारको स्वास्थ्य बिमा गरेको छ । गाउँपालिकाले एकैपटक ५५९ घर परिवारको स्वास्थ्य बिमा गरेको हो । स्वास्थ्य बिमा कार्यक्रमको महत्वलाई बुझेर गाउँपालिकाका सम्पूर्ण घरधुरी समेटिने गरी स्वास्थ्य बिमा गरिएको गाउँपालिकाका अध्यक्ष नारासिँह रोकायले जानकारी दिए । बिमा कार्यक्रममा आबद्ध सबैले यस कार्यक्रममार्फत् विभिन्न सेवा सुविधा पाउने र आबद्घता शुल्कसमेत गाउँपालिकाले […]
काठमाडौँ । नेपालको जेलमा रहेका कैदी तथा थुनुवाको पनि स्वास्थ्य बिमा हुने भएको छ । नेपालको संविधानको धारा ५१ बमोजिम नागरिकको स्वास्थ्य उपचारमा पहुँच हुने अधिकारलाई सुनिश्चित गर्न स्वास्थ्य बिमा बोर्डले कैदी तथा थुनुवालाई पनि स्वास्थ्य बिमाको दायरामा समेट्ने तयारी गरेको हो । यसका लागि बोर्डले ‘कैदी तथा थुनुवालाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गर्ने कार्यविधि २०७९’ तयार […]
आफ्नो पारिश्रमिक नपाएपछि स्वास्थ्य बिमा दर्ता सहयोगीहरूले जिल्ला स्वास्थ्य बिमा सम्पर्क कार्यालयमा ताला लगाएका छन् । सरकारले सुरु गरेको स्वास्थ्य बिमाको नवलपुर जिल्ला सम्पर्क कार्यालयमा विभिन्न माग राख्दै तालाबन्दी गरेका हुन् ।
उनीहरूले...
खलंगा – जुम्लामा स्वास्थ्य बिमा कार्यक्रमप्रति यहाँका स्थानीयवासी आकर्षित भएका छन्। सरकारको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा ५५ हजार ३५२ नागरिकले बिमा गरेको स्वास्थ्य बिमा कार्यालयका जिल्ला संयोजक कलम रावतले बताए। स्वास्थ्य बिमाबारे नागरिकले कुनै चासो राखेका थिएनन् तर अहिले गाउँघरमा यसबारे जनचेतनामूलक सन्देश र बिमा गरेपछि पाउने राहतबारे बुझेपछि कार्यालयमै आएर बुझ्न र फोनबाट जानकारी […]
खलङ्गा । जुम्लाको तातोपानी गाउँपालिकाले अतिविपन्न स्थानीयवासीलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७८/७९ को साउनदेखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उक्त कार्यक्रमको रु १० लाख बजेटमा अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको हो। उनले आर्थिक अभावले स्वास्थ्य बिमा […]
गाउँपालिकाले अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । जनतासँग अध्यक्ष कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्ष ०७८/०७९ देखि अतिविपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको हो । सो...
वाग्मती, २१ भदौ: मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । हेटौँडालगायत ग्रामीण क्षेत्रमा हालसम्म एक लाख ३८ हजार ५५५ भन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका छन् । सोमध्ये ७१ हजार १८४ महिला र ६७ हजार ३६७ पुरुषले २०७७-०७८ सम्ममा स्वास्थ्य बिमा गरेको एक तथ्याङ्कले जनाएको छ । साथै स्वास्थ्य बिमा गर्नेमध्येमा […]
पूर्वाञ्चल क्यान्सर अस्पतालले गरिब, विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरेको छ । आज अर्जुनधारा नगरपालिका–२ र ३ का ६७ परिवारलाई अस्पतालले निःशुल्क स्वास्थ्य बिमा गरेको हो ।