काठमाडौँ– नेपाल उद्योग परिसङ्घले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामनासहित अर्थतन्त्रका विषयमा छलफल गरेको छ । बिहीबार परिसंघ सचिवालयमा आयोजित बधाई कार्यक्रममा परिसङ्घका अध्यक्ष राजेश कुमार अग्रवालले सेजन अध्यक्ष सुजन ओलीसहित कार्यसमिति सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे । सो अवसरमा उनले मुलुकको अर्थतन्त्र जटिल अवस्थामा रहेकाले सुधारका […]