सिरहाका किसान वीरेन्द्र यादव डिएपी मलका लागि लहान, गोलबजार, मिर्चैया बजारसम्म पुगे । तर, मल कतै पाएनन् । एक ठाउँमा बल्लतल्ल मल फेला त पारे । तर, मूल्य सुनेर त्यतिकै रित्तो हात फर्केर आए । डीएपी मलको मोल सरदर २५–२६ सय रुपियाँ पर्छ । किसान यादव भन्छन्, ‘व्यापारीले बोराको ३५ सय रुपियाँ भनेपछि त्यतिकै फर्केर आएँ ।’ गहुँ छर्नेदेखि उखु लगाउने बेला भएको छ । तर, किसानहरुले खेतबारीमा हाल्न डीएपी मल पाइरहेका छैनन् । लुकाइएर राखेको दुइ चार बोरा मल फेला परे व्यापारीले बताएको भाउ सुनेर किसा