रिङरोडमा साइकल लेन बनाउन टेण्डर

काठमाडौं– ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेण्डर आह्वन गरेको छ । महानगरपालिकाले सोमबार आह्वन गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रस्ताव मागको सूचना जारी गरेको हो । महानगरपालिकाले एक करोड ९४ लाख २८ हजार एक सय ३४ मा टेण्डर आह्वान गरेको हो । यस्तै, सोही टेण्डर सूचनामा महानगरपालिकामा यसअघि […]

सम्बन्धित सामग्री

काँकरभिट्टा–लौकही सडक स्तरोन्नतिमा ११ हजार ५१३ रुख काटिने

बेलबारी (मोरङ) । पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिका लागि काम शुरु हुने भएको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाको साथ एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडक एसियन हाइवे मापदण्डको बन्नेछ । सडकको लागत रु २८ अर्ब १७ करोड छ ।  काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९७ दशमलव सात सय ७० किलोमिटर सडक मात्र ठेक्का लागेको छ । जसमा सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुख कटान हुने वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदनमा उल्लेख गरिएको काकरभिट्टा–लौकही सडक आयोजना इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले जानकारी दिए ।  सडक क्षेत्रबाट ३५ मिटर क्षेत्रभित्र पर्ने रुख मात्र काटिने र काटिएका रुखको दश गुणाबढी बिरुवा रोपिने उनले बताए ।   डिभिजन वन कार्यालय, मोरङका वन अधिकृत घनश्याम यादवका अनुसार मोरङ खण्डको ३६ किलोमिटर क्षेत्रमा पाँच हजार पाँच सय ५६ वटा रुख पर्छन् । मोरङ खण्डका मङ्गलबारे, पथरी, कानेपोखरी, बेलबारी र सलकपुर सवडिभिजन वन कार्यालयले सडक क्षेत्रमा पर्ने रुखको धमाधम छपान गरिरहेको यादवले बताए । पाँचवटै सव डिभिजन वन कार्यालयबाट चार÷पाँच जना जनशक्ति परिचालन गरी रुख छपान गर्ने काम भइरहेको छ । सडक दुई खण्डमा ठेक्का लागेको छ । काकरभिट्टाबाट दमकसम्मको ४५ किलोमिटर सडक दमकस्थित कार्यालयले हेर्नेछ भने दमकबाट इटहरी पश्चिमसम्मको सडक इटहरी कार्यालयले हेर्नेछ ।  सडक आयोजना इटहरी कार्यालयका प्रमुख प्रजापतिका अनुसार सडक र पुल निर्माणका लागि पाँच वटा अलगअलग ठेक्का लगाएको छ । ठूला र साना पुल निर्माणका लागि बेग्लाबेग्लै ठेक्का लागेको छ भने ० देखि ४५ किमिसम्म,४५ देखि ८५ किमिसम्म र ८५ देखि ९७ दशमलव सात सय ७० किमिसम्म पाँच वटा ठेक्का लागेको छ ।  निन्दा, विरिङ, कन्काई पुल निर्माणका लागि एउटा, रतुवा, बक्राहा र लोहन्द्रा पुल निर्माणको अर्को ठेक्का लागेको छ । यी ६ वटा पुल तीन सय मिटरभन्दा लामा छन् ।  काम छिटो सम्पन्न गर्न अलगअलग टेण्डर आह्वान भएको आयोजना प्रमुख प्रजापतिले बताए ।   तीन वर्गमा निर्माण हुने सडक बजार, जङ्गल र ग्रामीण क्षेत्र भनेर छुट्याइएको छ । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडाइको सडक निर्माण हुने आयोजनाले जनाएको छ । सडक क्षेत्रमा रहेका चार सय चार वटा अस्थायी संरचना हटाउनु पर्नेछ ।   सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडक एकैपटक काम शुरु हुनेछ । तीन सय मिटरभन्दा लामो पुल रहेका ६ स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन्  ।  नेपालको कालिका र तुङ्गी कन्ट्रक्सनसँग चाइनिज कम्पनीले संयुक्तरूपमा गर्ने सडक निर्माणको कामका लागि धमाधम साइड खाली गर्ने काम भइरहेको आयोजना दमक कार्यालय प्रमुख सुनीलबाबु पन्तले बताए । रासस

रिङरोडमा साइकल लेन बनाउने टेण्डर आह्वान

ललितपुर, २५ माघ । रिङरोड खण्डमा साइकल लेन बनाउने टेण्डर आह्वान गरिएको छ । ललितपुर महानगरपालिकाले १ करोड ९४ लाख २८ हजार १ सय ३४ रुपैयाँमा साइकल लेन बनाउने गरी प्रस्ताव मागको सूचना सोमबार जारी गरेको हो । महानगरपालिकाले सूचनामा पुरानो साइकल लेनमा पुनः रंग लगाउन पनि टेण्डर आह्वान गरेको छ । ४९ लाख ३३ […]

रिङरोडमा साइकल लेन बनाउन ललितपुर महानगरपालिकाद्वारा टेण्डर

ललितपुर महानगरपालिकाले रिङरोड खण्डमा साइकल लेन बनाउने टेण्डर आह्वान गरेको छ । महानगरपालिकाले सोमबार आह्वन गरेको टेण्डरमा करिब दुई करोड रुपैयाँमा साइकल लेन बनाउने गरी प्रसताव मागकाे सूचना जारी गरेको हो । महानगरपालिकाले एक करोड ९४ लाख २८ हजार एक सय ३४ मा टेण्डर आह्वान गरेको हो ।यस्तै, सोही टेण्डर सूचनामा महानगरपालिकामा यसअघि नै भएका साइकल लेनमा पुनः रंग लगाउन पनि टेण्डर आह्वन गरिएको छ । सूचनाअनुसार ४९ लाख ३३ हजार सात सय आठ रुपैयाँमा महानगरभित्रका पहिला नै साइकल लेन बनिसकेको स्थानमा पुनः मर्मत गर्न